अमेरिकाको चेतावनीः चीनलाई तिब्बतमा अर्को दलाई लामा छान्‍ने हक छैन !

अमेरिकाको चेतावनीः चीनलाई तिब्बतमा अर्को दलाई लामा छान्‍ने हक छैन !

वासिङटन : अर्को दलाई लामा चयन गर्नका लागि चीनसँग कुनै धार्मिक आधार नभएको भन्दै अमेरिकाले चेतावनी दिएको छ ।

अमेरिकी उच्च कुटनीतिज्ञले हालै चीनप्रति यस्तो प्रश्न उठाएका हुन् । तिब्बतका जनताले सयौँ वर्षदेखि नै आफ्नो आध्यात्मिक नेता सफलतापूर्वक चयन गरेकोले अर्को विकल्प खोजिन नहुने उनको तर्क छ ।

‘म भारतमा रहेका धर्मशालाहरुमा भ्रमण गरेँ, जहाँ निर्वासित जीवन बिताइरहेका तिब्बती समुदायहरुसँग मैले भेटेँ र उनीहरुलाई भनेँ कि, चीनले अर्को दलाई लामा छान्ने प्रक्रियाको विरुद्धमा अमेरिका छ,’ अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका दूत स्यामुएल डी ब्रोनब्याकले भने ।

गत अक्टोबरमा भारत भ्रमणको स्मरण गर्दै यही मंगलबार उनले पत्रकारहरुसँग यस्तो बताएका हुन् । ‘त्यस्तो गर्न उनीहरुसँग अधिकार छैन । त्यस्तो गर्न उनीहरुसँग धार्मिक आधार छैन । तिब्बती बुद्धिस्टहरुले सफलतापूर्वक रुपमा सयौँ वर्षदेखि नै आफ्नो नेता छानिसकेका छन्,’ स्यामुएलले भनेका छन् ।

साथै धार्मिक समुदायहरुसँग आफ्नो नेता आफैँ छान्ने अधिकारको अमेरिकाले समर्थन गर्ने पनि उनले बताए । चिनियाँ कम्युनिस्ट पार्टीले तिब्बतमा अर्को दलाई लामा चयन गर्ने चर्चा चलिरहँदा अमेरिकी उच्च अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

र आफूहरु चीनको यस्तो कदमको विरोध गर्ने उनको भनाइ छ । तिब्बती धार्मिक नेता १४औँ दलाई लामा हुन् । ८५ वर्षीय उनी यतिबेला भारतमा रहँदैआएका छन् । उनी वाहेक तिब्बतबाट निर्वासित बनेका १ लाख ६० हजार भन्दा धेरै तिब्बतीहरु भरतमै छन् ।

यस्तै स्यामुएलले चीनलाई आजको विश्वमा सबैभन्दा खराब धार्मिक सतावट दिएको देशको रुपमा आरोप लगाएका छन् । यसले गर्दा चीनलाई आतंकवादविरुद्धको लडाइँमा सहयोग नगर्ने पनि उनको तर्क थियो ।

यस्तै स्यामुएलले चीनलाई धार्मिक आस्थामाथि युद्ध रोक्न पनि आग्रह गरेका छन् । पछिल्लो समय चिनियाँ अल्पसंख्यक मुस्लिम, क्रिस्चियन र तिब्बतीहरुलाई स्वतन्त्रता नदिइएको आरोप चीनमाथि लाग्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.