भक्तपुरका ८१.४७ प्रतिशत संक्रमित डिस्चार्ज

भक्तपुरका ८१.४७ प्रतिशत संक्रमित डिस्चार्ज

भक्तपुर : भक्तपुरका ८१.४७ प्रतिशत कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । यहाँका ३ हजार ३ सय ६५ पुरुष र २ हजार ५ सय ९८ महिला गरी ५ हजार ९ सय ६३ जना संक्रमित डिस्चार्ज भएका हुन्।

स्वास्थ्य कार्यालय भक्तपुरले ७ हजार ४ सय १३ संक्रमितमध्ये ८१.४७ प्रतिशत अर्थात ५ हजार ९ सय ६३ जना डिस्चार्ज भएको जनाएको हो । भक्तपुरमा ४ हजार २ सय ३ पुरुष र ३ हजार २ सय १० महिला गरी ७ हजार ४ सय १३ संक्रमित पुगेका छन्।

कार्यालयका प्रमुख कृष्ण मिजारले पछिल्लो समय डिस्चार्ज हुने भक्तपुरका संक्रमितहरुको संख्यामा उल्लेख्य सुधार आएको बताए । उनका अनुसार भक्तपुरमा संक्रमितको संख्याभन्दा डिस्चार्ज हुनेको संख्या बढेसँगै यो सुधार भएको हो।

चाडवाडको कारण कोरोना भाइरस परीक्षण नै न्यूनमात्रै भएको थियो । जसले गर्दा संक्रमितको संख्यामा पनि कमी आएको प्रमुख मिजारको भनाइ थियो । उनका अनुसार बिहीबार भक्तपुरमा ७५ जनामात्रै नयाँ संक्रमित थपिए।

८८.१२ प्रतिशत होम आइसोलेसनमा
भक्तपुरका सक्रिय कोरोना भाइरस संक्रमितमध्ये ८८.१२ प्रतिशत होम आइसोलेसनमा रहेका छन् । कार्यालयका अनुसार ७ सय ७६ पुरुष र ५ सय ८० महिला गरी एकहजार ३ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् ।

जसअनुसार ६ सय ८५ पुरुष र ५ सय १० महिला गरी एकहजार एकसय ९५ जना संक्रमित होम आइसोलेसनमा रहेको प्रमुख मिजारले जानकारी दिए। उनका अनुसार ९१ पुरुष र ७० महिला गरी एकसय ६१ जनामात्रै अस्पताल तथा नगरपालिकाको आइसोलेसन केन्द्रमा रहेका छन्।

सर्वाधिक संक्रमित मध्यपुर थिमि नगरपालिकामा

भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मध्यपुर थिमि नगरपालिकामा रहेका छन् । यहाँ एकहजार ५ सय २४ पुरुष र एकहजार २ सय ११ गरी कूल २ हजार ७ सय ३५ संक्रमित रहेका छन्।

मध्यपुर थिमिपछि सूर्यविनायक नगरपालिका दोस्रो स्थानमा रहेका छन् । यहाँ एकहजार ३ सय ११ पुरुष र ९ सय ४६ महिला गरी कूल २ हजार २ सय ५७ संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ।

त्यस्तै भक्तपुर नगरपालिकामा ८ सय २४ पुरुष र ७ सय २७ महिला गरी एक हजार ५ सय ५१ र चाँगुनारायण नगरपालिकामा ४ सय १७ पुरुष र २ सय ४४ महिला गरी जम्मा ६ सय ६१ जना संक्रमित रहेका छन्। 

९४ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण भक्तपुरका ९४ जनाको मृत्यु भएको छ । जसमा पुरुष ६२ र महिला ३२ जना रहेका छन् । यहाँका चार नगरपालिकामध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकाका संक्रमितले ज्यान गुमाएका छन्।भक्तपुर नगरपालिकाका २५ पुरुष र १५ महिला गरी ४० जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै मध्यपुर थिमि नगरपालिकाका २२ पुरुष र १० महिला गरी ३२ जना संक्रमितको मृत्यु भएको छ।सूर्यविनायक नगरपालिकाका ११ पुरुष र ६ महिला गरी १७ तथा चाँगुनारायण नगरपालिकाका ४ पुरुष र एक महिला गरी ५ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.