नेकपा नेतृत्व विवादको असर जिल्लामा : चितवनमा सुरेन्द्र पाण्डेविरुद्ध कार्यकर्ताकै नाराबाजी

नेकपा नेतृत्व विवादको असर जिल्लामा : चितवनमा सुरेन्द्र पाण्डेविरुद्ध कार्यकर्ताकै नाराबाजी

चितवन : विवादको चरम उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वमा देखिएको दुई गुटको विवाद चितवनमा छताछुल्ल भएको छ । 

शनिबार चितवनमा प्रधानमन्त्री केपी ओली निकट कार्यकर्ताले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी गरेका छन् ।  

नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको कार्यक्रममा उनकै पार्टी काकार्यकर्ताले विरोध गरेका छन् ।  राप्ती नगरपालिकाको नगरकमिटी बैककमा बोल्ने क्रममा पाण्डेविरुद्ध नाराबाजी भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षधरले पाण्डेले सम्बोधन गर्ने बेला होहल्ला गरेर अवरुद्ध गरेका हुन् ।

प्रमुख अतिथिको रुपमा रहेका पाण्डेलाई गुटको राजनीति गरेको आरोप लगाउदै ओली पक्षधरले नाराबाजी गरेका थिए ।  कमिटी बाहिरका कार्यकर्ता पाण्डेविरुद्ध लागेका थिए । 

केदार आचार्य, सुरज थपलिया र प्रकाश कालाखेतीले नाराबाजी गरेका थिए । पाण्डेले बैठकमा पार्टीको विवादको विषयमा बोल्न थालेपछि नियोजित ढंगले नाराबाजी भएको नेकपाको जिल्ला इन्चार्ज कृष्ण खनालले बताए । 

‘आफ्नै अध्यक्षविरुद्ध कसैले बोल्छ र ? त्यसको रेकर्ड पनि होलानी’, खनालले भने, ‘आफ्नै जिल्लामा पनि विरोध भयो भन्ने गराउन नियोजित तरिकाबाट गरिएको घटना हो ।’ उनले पार्टीको गुटको विषयमा कुरा नभएको दाबी गरे ।

होहल्ला भएपछि बैठक रोकिएको थियो । पटकपटक आग्रह गर्दा पनि शान्त नभएपछि पाण्डे बैठक स्थलबाट बाहिरिएका थिए । 

पाण्डेले पार्टी कार्यदलले मदन भण्डारी फाउण्डेसनको गतिविधि अहिलेलाई स्थगित गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने जानकारी गराउना साथ होहल्ला सुरु भएको थियो । मदन भण्डारी फाउण्डेशन राप्ती नगर कमिटी खेलकुद विभाग संयोजक केदार आचार्यले प्रधानमन्त्रीविरुद्ध बोल्न थालेपछि विरोध गरेको बताए । 

‘पार्टीको ब्यानरमा कार्यक्रम गरेर गुटबन्धी गरेको कुराको विरोध गरेका हौँ’, उनले भने, ‘केन्द्रको विवादउतै मिलाउनुहोस् कार्यकर्तालाई यस्तो नसिकाउनुस भनेर नाराबाजी गरेका हौँ ।’ 

कार्यक्रममा नेकपा चितवनका इन्चार्ज कृष्ण खनाल, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, नेकपा जिल्ला सचिवालय सदस्य रामचन्द्र अधिकारी सहभागी थिए । 

राप्ती नगर कमिटिको बैठकमा सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे । 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.