प्रधानमन्त्री ओली ताप्लेजुङमा

प्रधानमन्त्री ओली ताप्लेजुङमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा आइपुगेका छन्। घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न सोमबार हिमाली गाउँ घुन्सा आएका हुन्।घुन्सावासीले ओलीलाई स्वागत गरेका छन्।

फाउन्डेसनले देश विदेशबाट रकम सङ्कलन गरेर भवन निर्माण गरेको फाउन्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले बताइन्। प्रधानमन्त्री ओलीसँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगेश भट्टराई पनि आएका छन्। 

घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको हिमालि बस्ती हो। प्रधानमन्त्री आएपछि यहाँ विकासले गति लिने र पर्यटन प्रवर्द्धन हुनेमा स्थानीय आशावादी छन्।  यसका साथै यहाँका बासिन्दाले स्थायी स्वास्थ्य चौकीको माग गरेको स्थानीय दिपक शेर्पाले बताए । 

घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ। यसअघि कात्तिक २६ गते बीओपीको निरीक्षण गर्न प्रधानमन्त्री ओलीले संखुवासभा गएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.