मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले लगाए ‘मित’ !

मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले लगाए ‘मित’ !

बेनी : केन्द्रीय राजनीतिमा एउटै पार्टी भित्रका नेताबीच विवाद चर्किरहेका बेला नेकपाका नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र कांग्रेसबाट निर्वाचित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम्बरहादुर पुनले ‘मित’ लगाएका छन् । 

अन्नपूर्ण–२ भुरुङ्ग तातोपानीमा सोमबार साँझ मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारका सदस्यको उपस्थितिमा मित लगाएका हुन् ।  

परम्परागत विधि अनुसार एक अर्काले भादगाउँले टोपी र माला सासाटाटका साथै टाउको जोडेर मित लगाएका हुन । मित लगाएपछि केक काटेर खुसीयाली साटासाट गरेका छन् । उनीहरुबीच यसअघिनै मित लगाउने सझदारी भएको थियो । 

बुवाको किरीया बसेका गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनलाई मुस्ताङमा भेटेर फर्कने क्रममा गुरुङ र अध्यक्ष पुनले मित लगाएका हुन् । ‘निर्वाचन पहिले उहाँसँग चिनजान थिएन, जनप्रतिनिधि भएपछि कार्यक्रममा उहाँसँगसँगै हुने अवसर मिल्यो, धेरैले उहाँ र मलाई दुई भाइ जस्तै भनेर पनि चिनाउन थाले,’ अध्यक्ष पुनले भन्नुभयो ‘उहाँ र म निकटका साथीहरुले मितको प्रस्ताव गर्नुभयो, हामीले स्वीकार गर्यौँ र मित लगायौँ ।’

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ नेकपाका प्रदेश इञ्चार्ज हुन् । भारतीय गोर्खा सैनिकको सेवा निवृत्त क्याप्टेन पुन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । 

फरक राजनीतिक आस्था भएपनि भावनात्मक निकटताले उनीहरुलाई मितेरी साइनोसम्म पु¥याएको हो । आफूको मितेरी साइनोले केन्द्रीय स्तरका नेतालाई फरक आस्था र विचार भए पनि राष्ट्रिय हितका मुद्दामा मिलेर अघि बढ्ने सन्देश दिन खोजेको अध्यक्ष पुनको भनाइ छ ।  

पश्चिम नेपालको पहाडी बस्तीमा पुरुषले ‘मित’ र महिलाले ‘सैना’ लगाउने चलन छ । विशेष गरेर छिमेकी गाउँका युवा र युवतीबीच परम्परागत रुपमा मित र सैना लगाउने चलन थियो। पछिल्लो समय मौलिक संस्कृति र चलनको रुपमा रहेको मितेरी साइनो हराउँदै गएको थियो । 

आफू र अध्यक्ष पुनबीचको विकासप्रेमी सोच र भावनात्मक सम्बन्धकै कारण मित साइनो जोड्ने कुरा सम्भव भएको मुख्यमन्त्री गुरुङको भनाइ छ । 

गत वर्षको माघमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवकै अवसरमा मुख्यमन्त्री गुरुङ र अध्यक्ष पुनबीच मितेरी साइनो लगाउने चर्चा थियो । मित लगाउने कार्यक्रममा म्याग्दी क्षेत्र (क)बाट निर्वाचित प्रदेश सांसद बिनोद केसी, मंगला र मालिका गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी र खरमाया बिटालु पनि सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.