‘परिणामका लागि हाछेथु’

‘परिणामका लागि हाछेथु’

ललितपुर : हुँदै नभएको पद बनाएर पूर्व ट्राफिक निरीक्षक सीताराम हाछेथुलाई नगर प्रहरी प्रमुख बनाएको आरोप लागेका ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले त्यसको खण्डन गरेका छन्। 

काम गर्न राम्रो मान्छे चाहिन्छ भन्ने उदाहरण दिन हाछेथुलाई नगर प्रहरी प्रमुख बनाइएको उनको तर्र्क छ। महानगरले गत भदौमा उनलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी सुम्पेको थियो। हाछेथुले सो जिम्मेवारी पाएपछि मेयर महर्जनले आफूखुसी निर्णय गरेको भन्दै आलोचना हुने गरेको छ। महानगरले यो वर्ष मात्रै ५० जना नगर प्रहरी भर्ना गरेको छ। 

तीन निरीक्षकले कमान्ड सम्हाल्दै आएका भए पनि प्रभावकारी काम नभएकाले हाछेथुलाई नियुक्त गरिएको मेयर महर्जनको भनाइ छ। ‘पुरानाको कार्यक्षमताले पुगेन भन्दा चित्त नबुझ्ला’, उनले भने तर, उहाँहरूले गरेको कामले पुगेन। कामको अनुभवका आधारमा उहाँलाई लिएका हौँ।’ उनले थपे, ‘राम्रो काम गर्नेलाई नियुक्त गर्दा किन टाउको दुखाइ हुनु ?’ 

हाछेथु अन्य तीन नगर प्रहरी निरीक्षकभन्दा माथिल्लो पदमा छन्। उनी ट्राफिक सेवाबाट निवृत्त हुँदा इन्स्पेक्टर रहेकाले डीएसपीको पद दिन नमिल्ने महर्जनले बताए। ललितपुर महानगरमा विगत डेढ वर्षदेखि डीएसपीको पद रिक्त छ। पदमा रहँदा विभिन्न समूहसँग मिलेर महानगरविरुद्ध धर्ना, जुलुसलगायतका गतिविधिमा लागेपछि यसअघिका डीएसपी कदमलाल महर्जनलाई बर्खास्त गरिएको थियो। 

महानगर छेवैको पोखरीको टेन्डरको विषयमा उनी असन्तुष्ट थिए। टेन्डर अरूले पाउने भएपछि डीएसपी महर्जन महानगर विरुद्धको कार्यक्रममा संलग्न हुन्थे। मान्छे मात्रै थुपार्नुभन्दा परिणाममुखी कामका लागि हाछेथुलाई नगर प्रहरी प्रमुखका रूपमा नियुक्त गरिएको मेयर महर्जन बताउँछन्। उनले भने, ‘हाछेथुको नियुक्तिपछि नगरको मुहार फेरिएको छ,  विभिन्न क्षेत्रमा थुप्रै काम भएका छन्।’   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.