भारतद्वारा ४३ वटा मोबाइल एप्स प्रतिबन्धित

भारतद्वारा ४३ वटा मोबाइल एप्स प्रतिबन्धित

नयाँदिल्ली : भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्ध गरेको छ। प्रतिबन्धित एप्समा सीमा विवाद जारी रहेका चीनका एप्स पनि रहेका छन्।

भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ। प्रतिबन्धित एप्समा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्सहरु रहेका छन्। 

भारतले केही महिनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जी समेतका चिनियाँ स्वामित्वमा रहेका केही मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको थियो। भारत सरकारले चिनियाँ मोबाइल एप्सले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरु संकलन गरी चीन पुर्‍याएको आरोप लगाएको थियो। 

चीन र भारतबीच सीमावर्ती लद्धाखका विषयलाई लिएर महिनौंदेखि विवाद छ। तर सैनिक र कुटनीतिक तहमा सीमा विवादका विषयमा वार्ता भइरहे पनि तनाव जारी छ। यी वार्तामा अघि सारिएका विषयका बारेमा विवरण सार्वजनिक भइरहेको छैन। 

भारतको एप्स प्रतिबन्धलाई लिएर भारतीय सत्तारुढ दलले स्वागत गरेको छ। भारतमा हाल चिनियाँ मोबाइल एप्सहरु तीव्र गतिमा विस्तार र लोकप्रिय भइरहेका छन्। कतिपय चिनियाँ कम्पनीले भारतीय प्रयोगकर्ताका रुचीलाई समेटेर एप्सहरु निर्माण गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.