छैटौं पटकमा सचिव बने दुवाडी

छैटौं पटकमा सचिव बने दुवाडी

काठमाडौं : गोकर्णमणि दुवाडी छैटौं पटक  नेपाल सरकारको सचिव भएका छन्  । बुधबारको मन्त्रिपरिषदको बैठकले दुवाडीसहित तीनलाई सचिवमा बढुवा गरेको छ । 

मन्त्रिपरिषदको बठैकले दुवाडीसँगै  डा. योगेन्द्रकुमार कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए । 

प्रशासनतर्फ  दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरिएकोमा गरेकोमा पहिलो नम्बरका दुवाडी बढुवा भएका छन् भने कृषि र इन्जिनियरिङतर्फ ज्येष्ठताका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ज्येष्ठ सहसचिव डा.  कार्की र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ज्येष्ठ सहसचिवआचार्यलाई बढुवा गरेको गरिएको हो ।

दुवाडी यस अघि ५  पटकसम्म सिफारिस भएर बढुवा भएका थिएनन् ।सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत दुवाडीलाई दुईदुईपटक पहिलो र दोस्रो नम्बर तथा एकपटक तेस्रो नम्बरमा लोकसेवा आयोगको बढुवा समितिले सिफारिस गरेको थियो। 

तीनपटक उनको सिफारिस मन्त्रिपरिषद्बाटै फिर्ता भएको छ। सचिवको बढुवा समितिमा लोकसेवाका अध्यक्ष, मुख्यसचिव तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव रहने व्यवस्था छ। बढुवा समितिको संयोजक लोकसेवा आयोगका अध्यक्ष हुने गरेका छन्।

लोकसेवाले २०७६ माघमा पहिलो नम्बरमा रामशरण पुडासैनी, दोस्रो नम्बरमा अर्जुन पोखरेल र तेस्रो नम्बरमा दुवाडीको नाम सिफारिस गर्‍यो। एक नम्बरमा रहेका पुडासैनी सचिव बढुवा भए। 

केही समयपछि दोस्रो नम्बरमा रहेका अर्जुन पोखरेललाई सरकारले सचिव बनायो। आफूभन्दा दुवै वरिष्ठ सहसचिव भएपछि सचिवका लागि एक्लो दाबेदार भए। उनको पहिलो नम्बरमा नाम आएपछि तीनवटा त मन्त्रिपरिषद्बाट त्यो फाइल नै फिर्ता भयो।

त्यसपछि दुवाडी एक नम्बर, दुई नम्बरमा मानबहादुर विक र तीन नम्बरमा विष्णु नेपाल सिफारिस भयो। त्योपटक तीन नम्बरका नेपाललाई मन्त्रिपरिषद्ले सचिव बनायो। पहिलो नम्बरमा भए पनि दवाडीलाई सचिव बनाइएन। 

२०७७ असारमा आएर लोकसेवाले दवाडी, विक र मधु मरासिनीको सिफारिस गर्‍यो। दोस्रो नम्बरका विक सचिवमा बढुवा भए। नेपालको इतिहासमा दलित समुदायबाट विकले पहिलो नेपाल सरकार सचिव बन्ने अवसर पाए।

२०७७ साउनको पहिलो साता पहिलो नम्बरमा रहँदै आएका दुवाडीको नाम दोस्रो नम्बरमा सिफारिस भयो। भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका चन्द्रमान श्रेष्ठलाई विशेष अदालतले सफाइ दिएपछि वरिष्ठताको हिसाबले उनी पहिलो नम्बरमा सिफारिसमा परे। 

दवाडी दोस्रो नम्बरमा र मधु मरासिनी तेस्रो नम्बरमा सिफारिसमा परे। बढुवाचाहिँ तेस्रो नम्बरका मरासिनी भए। पछिल्लो समयमा लोकसेवाले पहिलो नम्बरमा चन्द्रमान, दोस्रोमा दवाडी र तेस्रोमा वीरबहादुर राईको नाम सिफारिस गर्‍यो। तर यसपटक पनि तेस्रो नम्बरका वीरबहादुर राई सचिवमा बढुवा भए। दुवाडी सचिव हुनबाट पुनः वञ्चित नै भए । बढुवा ढिलो उनी भन्दा धेरै कनिष्ठ सहसचिव उनीभन्दा वरिष्ठ भएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.