विपद्‍बाट ४८३ को मृत्यु

विपद्‍बाट ४८३ को मृत्यु

काठमाडौं  : यो वर्ष प्राकृतिक विपद्का कारण ४ सय ८३ जनाको मृत्यु भएको छ। एक अर्ब रुपैयाँभन्दा बढी धनमाल क्षति भएको छ। गत वैशाख १ देखि हालसम्म विपद्का २ हजार ३ सय ७४ घटना भएका छन्। 

त्यसयता १ अर्ब ६५ लाख ६६ हजार ७ सय १० रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। यो वर्ष प्राकृतिक विपद्मा परेर १ सय १ जना बेपत्ता भएका छन्। ८ सय ५६ जना घाइते हुनुका साथै २ हजार ४ सय १२ चौपाया मरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्ष सबैभन्दा बढी ३ सय १ जनाको पहिरोमा परेर मृत्यु भएको छ। 

६४ जना अझै बेपत्ता छन् भने २ सय २५ जना घाइते भएका छन्। ५ करोड ९ लाख ६४ हजार ९ सय  रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ। ४ सय ३५ चौपाया मरेका छन्। यो वर्ष ४ सय ८५ पहिरोका घटना भएका छन्। सिन्धुपाल्चोकमा मात्रै पहिरोमा परेर ७१ जनाको मृत्यु भएको छ। त्यहाँ ३८ जना अझै बेपत्ता छन्। 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी, बाह्रबिसे,  सुनकोसी, मेलम्चीसँगै बागलुङ, अछामको रामारोसन र बझाङमा ठूला पहिरो गएका छन्। कालीकोटमा ७३, म्याग्दीमा ३० जनाको पहिरोमा परी मृत्यु भएको प्राधिकरणको तथ्यांक छ। अत्यधिक वर्षा, जथाभावी डोजर प्रयोगले यो वर्ष धेरै पहिरो गएको विज्ञहरूको ठहर छ। 

विगतका तुलनामा यस वर्ष तराईमा बाढीले कम क्षति भएको छ। बाढीका ९७ घटनामा ४२ को मृत्यु भएको छ भने ३७ जना बेपता छन्। ११ जना घाइते भएका थिए। बाढीबाट २ सय ७२ चौपाया मरेका छन्। बाढीका कारण ४ करोड ८८ लाख ११ हजार बराबरको धनमालको क्षति भएको छ। 

वैशाखयता ३ सय ६० वटा अविरल वर्षाका घटना हुँदा १५ जनाले ज्यान गुमाएका छन्। ५६ जना घाइते भए। ५ सय ३९  चौपाया मरे। यो वर्ष २ सय १६ वटा चट्याङ पर्दा ६५ जनाले ज्यान गुमाए। २ सय १३ जना घाइते भए। चट्याङबाट ५९ लाख ४२ हजार ५ सय बराबरको क्षति भएको छ। सर्पदंशका ५६ घटनामा २१ जनाको मृत्यु भएको छ। ३९ जना घाइते भएका छन्। यो वर्ष जेठ ३० देखि असोज ३० सम्म मनसुन सक्रिय रहेको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले बताए।  यो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। १ हजार २३ स्थानमा भएको आगलागीमा २० जनाको मृत्यु भएको छ भने १ सय ८५ जना घाइते भएका छन्। ४ सय ६७ चौपाया मरेका छन्। आगलागीबाट ८२ करोड ७० लाख ३६ हजार ८ सय ६० रुपैयाँ बराबरको धनमालको क्षति भएको प्राधिकरणले जनाएको छ। 

त्यस्तै जनावरको आक्रमणका १ सय ३७ घटना भएका छन्। तिनमा १९ जनाको जनवारको आक्रमणबाट मृत्यु भएको छ भने १ सय २७ जना घाइते भएका छन्। ३ चौपाया मरेका छन्। जंगली जनावरको आक्रमणबाट ३८ लाख ७१ हजार २५० रुपैयाँको क्षति भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.