‘दूध बेचिदिनु पर्‍यो’

‘दूध बेचिदिनु पर्‍यो’

चितवन : दूधको बजारीकरण, अनुदान र राहत नहुँदा कृषकले गुनासो पोख्न कृषिमन्त्री घनश्याम भुसाललाई डाकेका छन् । पटकपटकको अनुरोधपछि मन्त्रीलाई नै डाकेर उनीहरूले मन्त्रीसामु आफ्नो दुःखेसो पोखेका हुन् ।

गुनासो पोख्न बोलाइएका मन्त्रीलाई कृषकले दूध खुवाएर स्वागत गरे । प्रमुख अतिथि भुसालले दूध पिएर कार्यक्रमको उद्घाटन गरे । सरकारबाटै उपेक्षा गरिएको कृषकको अनुभव छ । भण्डाराका किसान डालबहादुर श्रेष्ठले दूधको खपत नभएको गुनासो गरे । मिल्क होलिडे कृषकको मुख्य समस्या भएको छ । 

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानसहित निजी डेरीले दूध खरिद नगर्दा मिल्क होलिडे हुने गरेको छ । उत्पादित दूध बिक्री सहजीकरण गर्न किसानले मन्त्री भुसाललाई आग्रह गरे । पश्चिम चितवनमा असोजमा चार दिन, कात्तिकमा पाँच दिन, मंसिरमा दुई दिन मिल्क होलिडे भयो । दुग्ध उत्पादन सहकारी संघ कालिका नगर समितिका संयोजक लक्ष्मीनारायण चौलागाईंले भने, ‘दूध लान खोज्दा चिस्यानमा अट्दैन, निजी डेरीले किन्दैनौ भन्छन् । दूध लगेर कहाँँ फाल्ने ? यो समस्याप्रति मन्त्रीज्यूको ध्यानाकर्षण होस् ।’

पूर्वी चितवनमा मात्रै दैनिक ५० हजार लिटर दूध उत्पादन हुन्छ । भण्डारामा चार हजार लिटर क्षमताको चिस्यान केन्द्र छ । यसले दूधको बजारीकरणमा समस्या छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेले दूधको बजारीकरण नहुँदा पलायन हुने अवस्था आएको बताए ।  चितवनमा एक सय दस वटा सहकारी संस्था सक्रिय छन् भने ६० निजी डेरी छन् 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.