मुख्यमन्त्रीले गरे प्रदेशस्तरीय सरुवा रोग अस्पतालको शिलान्यास

मुख्यमन्त्रीले गरे प्रदेशस्तरीय सरुवा रोग अस्पतालको शिलान्यास

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा प्रदेशस्तरीय ५० शैयाको सरुवा रोग अस्पतालको शिलान्यास गरेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ ग्वालशैनमा रहेको ८३ रोपनी जग्गामा सरुवा रोग अस्पताल बन्ने भएको हो ।

जम्मा ३१ करोड ७५ लाख रकम बराबरको लागतमा बन्ने भवन दुई वर्षभित्रै बन्ने स्वास्थ्य निर्देशनालयले जनाएको छ । सरुवा रोग अस्पतालको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा सरुवा रोग अस्पताल नभएको अवस्थामा ठूलो आवश्यकताका साथ अस्पतालको शिलान्यास गरिएको हो ।

'म डोटीको बासिन्दा हुँ, यसैले पनि डोटीमा नै यो अस्पताल बन्न थालेको हो,ठाउँको विकासका लागि स्थानीयबासीले समेत सहयोग गर्नुपर्छ, मुख्यमन्त्री भट्टले भने, ‘सरुवा रोग अस्पताल स्थापना भए यो क्षेत्रकाले मात्रै नभएर प्रदेशका जनताले नै सेवा पाउने छन् ।'

देशैभरी भइरहेको आधारभूत अस्पतालको शिलान्यास कार्यक्रम मानव स्वास्थ्यका लागि ऐतिहासिक दिन भएको मुख्यमन्त्री भट्टले बताए । 'प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई महत्वका साथ हेरिरहेको छ, 'मुख्यमन्त्री भट्टले भने, 'प्रदेशभरीका प्रत्येक जिल्ला अस्पतालको स्तरवृद्धि गर्न लागिरहेको र तत्काल प्रत्येक अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि निर्णय समेत गरिएको छ ।'

५० शैयाको यस अस्पतालमा एकसय जनाको संख्यामा स्वास्थ्यकर्मीले रोजगार पाउने स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । उनले भने, 'सुदूरपश्चिम प्रदेशभरी करीब दुई लाख भन्दा बढीको संख्यामा सरुवा रोगबाट पीडित व्यक्ति छन् भने डोटीमा मात्रै २६ हजारको संख्यामा सरुवा रोगी छन्।'

सातवटा आधारभूत अस्पतालको शिलान्यास

डोटीमा सातवटा स्थानीय तहहरुले आधारभूत अस्पतालको शिलान्यास गरेका छन् । बडिकेदार गाउँपालिका र आदर्श गाउँपालिका बाहेक सबै पालिकाहरुले आ–आफ्नो क्षेत्रमा आधारभूत अस्पतालको शिलान्यास गरेका हुन् ।

शिखर नगरपालिकाका मेयर सिताराम जोशीले १५ शैयाको अस्पतालको शिलान्यास गरेका हुन् भने अन्य पालिकामा १० शैयाको अस्पताल बन्ने भएका छन् । आजकै दिन सरकारको देशैभरी ३९६ आधारभूत अस्पतालको शिलान्यास गर्ने पूर्वनिर्णय अनुसार डोटीमा पनि अस्पतालको शिलान्यास भएको हो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.