भक्तपुरका ८७ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

भक्तपुरका ८७ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

भक्तपुर : भक्तपुरका ८७.२१ प्रतिशत कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन्।

स्वास्थ्य कार्यालय भक्तपुरले कूल संक्रमित ८ हजार २ सय ८० जनामध्ये ७ हजार २ सय २१ जना डिस्चार्ज भएको जनाएको हो।

जसअनुसार ४ हजार ८५ पुरुष र ३ हजार एकसय ३६ जना महिला रहेका छन्। त्यस्तै कूल संक्रमितमध्ये ४ हजार ६ सय ८२ पुरुष र ३ हजार ५ सय ९८ जना महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरमा ९ सय ५१ जना सक्रिय संक्रमित रहेको जानकारी दिए। सक्रिय संक्रमितमध्ये ९१ प्रतिशत होम आइसोलेसनमा रहेका छन्।

उनका अनुसार ४ सय ७९ पुरुष र ३ सय ८७ महिला संक्रमित होम आइसोलेसनमा बसेका छन्। भक्तपुरका ४९ पुरुष र ३६ महिला गरी ८५ जना सक्रिय संक्रमितमात्रै अस्पताल तथा नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा रहेका छन्।

१०८ संक्रमितको मृत्यु
स्वास्थ्य कार्यालयअनुसार बुधबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण एकसय ८ जनाको मृत्यु भइसकेको छ। जसमा ६९ पुरुष र ३९ महिला रहेको कार्यालयका प्रमुख मिजारले बताए।

उनका अनुसार भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका २७ पुरुष र १५ महिला गरी ४२ जना संक्रमितको मृत्यु भएको छ। भक्तपुरपछि मध्यपुर थिमि नपाका २४ पुरुष र ११ महिला गरी ३५ जना संक्रमितले ज्यान गुमाएका छन्।

सूर्यविनायक नपाका १२ महिला र १२ पुरुष गरी २४ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ। भक्तपुरमा सबैभन्दा कम चाँगुनारायण नपाका ६ पुरुष र एक महिला गरी जम्मा ७ जनाको कोेरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

मध्यपुर थिमि नपामा सर्वाधिक संक्रमित
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मध्यपुर थिमि नपामा रहेका छन्। यहाँ एक हजार ६ सय ९५ पुरुष र एकहजार ३ सय ६१ महिला गरी कूल ३ हजार ५६ जना संक्रमित रहेका छन्।

मध्यपुर थिमिपछि सूर्यविनायक नपामा एकहजार ५ सय ४ पुरुष र एक हजार ८५ महिला गरी २ हजार ५ सय ८९ जना संक्रमित रहेका छन्। त्यस्तै भक्तपुर नपामा ८ सय ७४ पुरुष र ७ सय ८० महिला गरी एकहजार ६ सय ६४ जना संक्रमित पुगेका छन्।

चाँगुनारायण नपामा भने ४ सय ६८ पुरुष र २ सय ७६ महिला गरी ७ सय ४४ जना संक्रमित पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.