सुस्तामा बल्यो बिजुली

सुस्तामा बल्यो बिजुली

परासी : नवलपरासीको सुस्तावासीका घरमा बिजुली बलेको छ। ११ किलोवाट क्षमताको सौर्य मिनिग्रिड आयोजना सम्पन्न भएसँगै सो भेगमा बिजुली बत्ती बलेको हो। 

भारतीय पक्षसँग डटेर भूमि जोगाइरहेका सुस्तामा विद्युत् विस्तार भएको थिएन। परियोजनाबाट सुस्ता गाउँका २ सय ६६ घरधुरीका तीन हजारभन्दा बढी परिवार लाभान्वित भएका गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। कुल ४ करोड ८० लाखको लागतमा परियोजना निर्माण सम्पन्न भएको हो। परियोजनाका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २ करोड ८८ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ। 

त्यसैगरी तराई मधेस समृद्धि कार्यक्रमको १ करोड ७५ लाख र गाउँपालिकाको १७ लाख ३६ हजार लगानी रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले जानकारी दिए। सुस्ता गाउँ पटकपटक भारतीयले अतिक्रमण गरेर विवादमा ल्याउने क्षेत्र हो। बिजुलीको पोल निर्माण गरेर सोलारमार्फत बिजुली बिस्तार भएपछि स्थानीय खुसी भएका छन्। 

आयोजनाको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे। सो अवसरमा बोल्दै उनले भारतसँग देखिएका सबै खाले सीमा विवाद एकमुष्ट रूपमा समाधान हुने बताए। सुस्तासँगको विवाद समाधान नभएसम्म भारतसँगको सीमा विवाद अन्त्य नहुनेमा उनले जोड दिए। सीमा विवाद समाधानका लागि सरकारले छिट्टै भारतसँग प्रमाणका आधारमा संवाद अघि बढाउने तिमल्सिनाले बताए। 
विगतमा दुई देशबीच हुने सीमा समस्या समाधानका बैठकमा सुस्ताको विषयलाई समेट्ने नगरेको गुनासाप्रति लक्षित गर्दै उनले भने, ‘स्थानीय स्तरमा विवाद हुने सीमा विवाद सिंगो राष्ट्रको तनावको विषय हो । त्यसैले सुस्तालगायतका स्थानमा देखिएका सीमा विवाद समाधानका लागि मित्रराष्ट्र भारतसँग सरकारले छिट्टै संवाद अघि बढाउन थालेको छ।’ 

सुस्ता जोड्न नारायणी नदीमा चार वर्षअघिबाट सुरु भएको झोलुंगे पुल निर्माण कार्यको ढिलाइले अब तीव्रता पाउने बताउँदै अध्यक्ष तिमिल्सिनाले डेढ वर्षभित्र पुल निर्माण सम्पन्न हुने बताए। परियोजना उद्घाटन कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रदेशसभा सदस्य अजय शाहीलगायतकाले सुस्ताको विकास निर्माणमा प्रदेश र संघीय सरकारले आवश्यकताअनुसारका योजना सञ्चालन गर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.