उपमेयर चढेको गाडी जलाउने प्रयास

उपमेयर चढेको गाडी जलाउने प्रयास

 झापा : झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती सवार गाडी अज्ञात समूहले जलाउने प्रयास गरेका छन्।

उप्रेती चढेको मे १ झ १७२ नम्बरको गाडी मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआलीचोकबाट करिव पाँच सय मिटर पूर्व मोटरसाइकलमा आएका अज्ञात समूहले गाडी जलाउने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए।

नेपाल आयल निगमको चारआलीस्थित डिपो कार्यालयमा भएको एक कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालय फर्कदै गर्दा उक्त घटना भएको थियो।

प्रवक्ता थापाका अनुसार आगो लगाउनेको पहिचान भएर पक्राउको तयारी भएको छ। उपमेयर सँगै उनले चढ्दै आएको गाडी पनि सकुशल छ। 

मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले भने, ‘उपमेयर सकुशल हुनुहुन्छ साथै उहाँले चढ्दै आएको गाडीमा पनि क्षति पुगेको छैन ।’
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.