राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन: कोभिडको खोप सर्वसुलभ र पहुँचायोग्य हुनुपर्छ

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन: कोभिडको खोप सर्वसुलभ र पहुँचायोग्य हुनुपर्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताएका छन्।

कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्रसंघीय महासभाको ३१ औं विशेष अधिवेशन’मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।’

खोप सम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको  बताउँदै प्रधानमन्त्री ओलीले भने,  ‘धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा भइरहेको पहलकदमीको हामी सराहना गर्दछौं ।’ उनले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने  बताए ।

सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु नहुने प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन्। उनले अघि थपेका छन्, ‘उचित पुर्नस्थापना र असल पुर्ननिर्माणका योजना बनाउँदै गर्दा हाम्रा प्रयासहरु एजेन्डा २०३० तथा पेरिस सम्झौता अनुकूल हुनुपर्दछ, उनले भने, हामीले स्वास्थ्य र सामाजिक सुरक्षा प्रणालीस पूर्वाधार र रोजगारी सिर्जनामा लगानी गर्नुपर्दछ ।’

यस सन्दर्भमा भएका राष्ट्रिय प्रयत्नहरु अन्तर्राष्ट्रिय सहयोगका परिपूरकका रुपमा रहनुपर्ने पनि उनको भनाइ थियो । वर्तमान संकटले जीवनको रक्षा तथा समाजको सुरक्षाका लागि विश्वव्यापी एकता र उचित प्रतिबद्धताको माग प्रधानमन्त्रीले माग गरेका छन्। उनले मानव सभ्यताले सधैँ विनाशकारी चुनौती सामना गरेको र सफलतापूर्वक पुनरागमन गरेको बताए ।

महामारी अन्तर्राष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाको रुपमा प्रयोग गरिनु नहुने पनि उनले बताए । विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण संकटको सामना गर्न बृहत सहयोगको खाँचो रहेको उनले बताए । संवोधनमा संकटको यस घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्र संघ तथा विशेषतः विश्व स्वास्थ्य संगठनको सराहना गरिएको छ ।

‘सर्वप्रथम र प्रमूखरुपमा, हामीले बहुपक्षीयतालाई स्वच्छ नयाँ जीवन दिनुपर्दछ, हामीलाई गरीबी, भोकमरी तथा बढ्दो असमानता लगायत जलवायु संकट तथा विश्वव्यापी महामारीजस्ता हाम्रा समयका गम्भीर चुनौती सामना गर्नसक्ने पुर्नसवलीकृत बहुपक्षीयताको आवश्यकता छ, यसका लागि हामीले सहकार्य र ऐक्यबद्धताको मार्ग छनौट गर्नुपर्दछ, एकल कार्य होइन,’ ओलीको भनाइ थियो ।

उनले अभूतपूर्व गति र व्यापकताका साथ फैलिरहेको महामारीले जो कसैलाई जुनसुकै स्थानमा रहे पनि प्रभावित तुल्याएको  बताउँदै १३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको र प्राय सबै समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भैरहेको सन्दर्भमा महामारीको त्रासदी अकथनीय रहेको ओलीले बताए । 

उनले भनेका छन्, ‘विद्यमान महामारी फगत एक स्वास्थ्य संकट मात्र होइन । यो त राष्ट्रहरुबीच आपसी रुपमा तथा आन्तरिक रुपमा चुलिंदै गएको असमानता एवम् मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यता विरुद्ध जागरुक हुन बजेको घण्टी हो । हो, हामी सबै एउटै प्रकोपको भूमरीमा छौँ । हामीमध्ये कसैलाई लाग्न सक्छ कि आफू धेरै सुरक्षित छौँ, तर यस्तो होइन । हामी सबैजना खतरामा छौँ,’ ओलीको भनाइ छ ।

पहिल्यै अडियो भिडियोसहित पठाइएको सम्बोधन बिहीबार राति आएको थियो । डिसेम्बर ३ र ४ तारिखमा यो विषेश साधारणसभा भएको छ । विशेष महासभामा १४१ जनाले सम्बोधन गरेका छन् । त्यसमध्ये ५३ राज्यप्रमुख, ३९ सरकार प्रमुख र ४ उप्रधानमन्त्री र ३८ जना मन्त्रीहरु छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.