राष्ट्रिय झण्डा बोकेर राजतन्त्रको पक्षमा प्रदर्शन

राष्ट्रिय झण्डा बोकेर राजतन्त्रको पक्षमा प्रदर्शन

चितवन : राजन्तत्रको पक्षमा चितवनमा प्रदर्शन  भएको छ। राजनीतिक विसंगती मौलाएको भन्दै चितवनको भरतपुरमा र्‍याली भएको हो। र्यालीमा सहभागीले राजन्तत्रको पक्षमा नारा लगाउँदै राजसंस्थाको पुनःस्थापनाको माग गरेका छन्। 

राजन्त्रबिना मुलुकको समृद्धि नहुने भन्दै राजको पक्षमा नाराबाजी भएको हो। केन्द्रीय बस टर्मिनलबाट सुरु भएको र्‍याली हाकिमचोक, चौबिसकोठी, लायन्सचोक, पुल्चोक आँपटारी हुँदै पुनः केन्द्रीय बसपार्कमा पुगेर सभामा परिणत भएको थियो। प्रदर्शनमा सहभागी सबैले नेपालको राष्ट्रिय झण्डा बोकेर थिए। 

प्रदर्शनमा उत्रिएकाले राजाआऊ देश बचाउभन्दै नाराबाजी गरे। वीर गोरखाली नामको संस्थाले आयोजना गरेको प्रदर्शनमा साइकल, मोटरसाइकलको प्रयोग गरेका थिए। ठूलो संख्यामा देखिएको प्रदर्शनमा गणतन्त्रको चर्को विरोध भएको छ।

राजतन्त्र पक्षधरले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्डसहित प्रदर्शनमा सहभागी थिए। प्रदर्शनमा सहभागीले राजसंस्थाको स्थापना तथा संघीयता खारेजीको माग गरेका छन्। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.