सिँचाइ आयोजनामा मुहान विवाद, किसानका खेत बाँझै

सिँचाइ आयोजनामा मुहान विवाद, किसानका खेत बाँझै

बेनी : अन्नपूर्ण गाउँपालिका-७ औलाका डिलप्रसाद फगामीले १७ रोपनी खेत बाझै राखेका छन् । सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै राख्नुपरेको फगामी बताउँछन् ।

सुन्तलाका साथै मौसमी र बेमौसमी तरकारी खेती गर्ने औलाका दिपक पाइजाको पाँच वर्षदेखिको योजना कार्यान्वयन हुन सकेको छैन् । 'गाउँ नजिकै बग्ने संसारे खोलाको पानी खेर गइरहेको छ,' उनले भने,'सिचाइ नभएर हाम्रा खेतबारी बाँझै छन् ।' 

डिलप्रसाद र दिपकजस्तै औलाका करिब डेढ सय घरधुरी कृषकले सिँचाइ सुविधाको अभावमा अधिकांश खेतीयोग्य जमिन बाँझै राख्न बाध्य छन् । बर्खामा आकाशे पानी र मुलको पानीको भरमा धान खेती गर्छन् । 

खेति हुने जमिन पनि हिउँदमा बाँझै हुन्छ । गहुँ, मकै लगाएपनि आकाशबाट पानी नपरे न्युन मात्रामा उत्पादन हुन्छ । मुहान बिवादका कारण सिचाई आयोजना कार्यान्वयन नहुँदा औलाका कृषक निराश भएका छन् । 

औला सिँचाइ आयोजना निर्माण गर्न खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असार महिनामा ठेक्का सम्झौता गरेको थियो । ५६ लाख ७१ हजार १४२ रुपैयाँमा भगवति मालिका कन्ट्रक्सनले २०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लिएको थियो । 

गत साउनमा मजदुर पठाएपनि मुहान बिवाद भएपछि फर्किएको र काम गर्न नपाएको भगवति मालिका कन्ट्रक्सनका सञ्चालक गोपालप्रसाद भट्टचनले बताए । औलाको छिमेकी रिमा गाउँका केही स्थानीयले अबरोध गरेका कारण सम्झौता भएको पाँच महिनासम्म पनि सिचाई आयोजना निर्माण सुरु हुन नसकेको हो  
दुई गाउँका टोल सुधार समितिको सम्झौता अनुसार रिमाको पुछारमा रहेको खोलाकाइको मुहानबाट औलामा पानी ल्याउन आयोजनाको सर्बेक्षण भएको थियो । औला सिचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष कुमबहादुर पुर्जाले बुझ्नै नसकिने माग अघि सारेर अबरोध गरिएको दुखेसो पोखे । 

'खोला सुक्ने, खेतमा पाइप गाड्दा भत्किने, आरिदह सुक्ने बाहना बनाउनुभएको छ, 'उनले भने,'वातावरणीय र जैबिक बिबिधतामा असर नपर्ने गरी कर तिरेर पानी लैजान्छौं भन्दा पनि दिनुभएन् । बास्तविक कुरा के हो बुझ्नै सकिएन् ।'

सिँचाइ आयोजना निर्माणमा अवरोध गर्नेहरु गाउँमा बस्दैनन् । काठमाडौं, पोखरा बस्ने र बिदेशमा भएकाहरुले विरोध र अवरोध गरेपनि सिँचाइ आयोजनाको काम प्रभावित भएको हो । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका इञ्जिनियर बालकृष्ण बुढाथोकीले औला सिचाई आयोजना निर्माण भएमा ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताए । 

उनका अनुसार दुई हजार ४५० मिटर मुख्य पाइपलाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । ५ वटा शाखा पाइपलाइन बनाएर सिँचाइका लागि पानी वितरण गर्ने योजना छ । चालु आर्थिक वर्षमा यो आयोजनाका लागि प्रदेश सरकारले पचास लाख रुपैयाँ बिनियोजन गरेको छ । 

अन्नपूर्ण–७ का वडा अध्यक्ष गमप्रसाद फगामीले रिमाबासीलाई मनाएर सिचाई आयोजना निर्माणमा भएको अबरोध हटाउने बताए । 'औलामा कृषिको बिकासका लागि सिँचाइ प्रमुख आवश्यकता हो, 'उनले भने, 'वडा र पालिकाको तर्फबाट तत्कालै छलफल गरेर काम गर्ने वातावरण बनाउँछौं ।'


 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.