उत्कृष्टमै जनशक्ति अभाव

उत्कृष्टमै जनशक्ति अभाव

 गुलरिया : लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय बुटवलले बर्दिया अस्पताललाई प्रदेशकै उत्कृष्ट घोषणा गर्दै सम्मान गर्‍यो। गत आर्थिक वर्षको न्यूनतम सेवा मापदण्डलगायत सम्पादित कार्यप्रगतिका आधारमा लुम्बिनी प्रदेशका १३ वटा अस्पताललाई उछिन्दै बर्दिया अस्पताल प्रथम भयो।

जिल्ला सदरमुकाम गुलरियास्थित अस्पताल उत्कृष्ट भए पनि दक्ष जनशक्ति र उपकरण अभावमा आवश्यक सेवा दिन सकेको छैन। अस्पताल भौतिक पूर्वाधार सुविधा सम्पन्न नहुँदा सेवाग्राही सेवा पाउनबाट वञ्चित छन्। जिल्लाकै अस्पतालमा साधनस्रोत उपलब्ध नहुँदा बर्दियाका स्थानीय सीमावर्ती भारतलगायत देशका विभिन्न अस्पतालमा ठगिन बाध्य छन्।

उपकरण अभावमा बिरामी सानातिना समस्याका लागि पनि रेफर हुनुपर्छ। बढैयाताल गाउँपालिका-८ निवासी एक बिरामीका आफन्त बालकृष्ण चौधरीले भने, ‘उपचारका लागि अस्पतालमा दाजुलाई लिएर आएँ तर अस्पतालमा भेन्टिलेटर नहुँदा रेफर भयो। अब नेपालगन्ज लैजाने तयारीमा छु। नेपालगन्जमा पनि उपचार सम्भव नभए भारत पुग्नुपर्छ।’ 

बर्दिया अस्पतालमा भएका जनशक्तिले त राम्रै सेवा दिएका छन्। तर आवश्यक यन्त्र उपकरण नहुँदा समस्या छ। जिल्लामा ५० शय्याको अस्पताल  सञ्चालनमा ल्याइए पनि विशेषज्ञ जनशक्ति अभावमा पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ छ। ‘अस्पतालमा बेड थपिएका छन्। सेवाग्राहीको संख्या पनि बढेको छ। तर जनशक्ति र पूर्वाधार पुरानै छ, बर्दिया अस्पतालका प्रमुख डा.सुभाष पाडेण्यले भने। 

अस्पतालमा स्थायी र करार गरी १० जना डाक्टरले सेवा दिइरहेका छन्। तत्कालीन जिल्ला अस्पतालमा शय्या थप गरिए पनि पुरानै दरबन्दीले काम चलाउनुपर्ने बाध्यता छ। यतिखेर ४५ प्रतिशत दक्ष तथा अदक्ष कर्मचारीले अस्पताल सञ्चालन गरिरहेका छन्। 

अस्पताललाई २ सय १४ जना जनशक्तिको आवश्यकता छ। पाण्डेका अनुसार अस्पतालमा चिकित्सक आवास, ओपीडी भवनलगायत भौतिक पूर्वाधार तथा उपकरणको चरम अभाव छ। ‘जनशक्ति अभावबीच न्यूनतम् जनशक्तिले पनि स्वास्थ्य सेवा गुणस्तरीय रूपमा उपलब्ध गराउने हाम्रो प्रयास हो, उनले भने, ‘अस्पतालले उपलब्ध स्रोतसाधन तथा जनशक्तिको माध्यमबाट चित्तबुझ्दो सेवा दिएकाले लुम्बिनी प्रदेशमै उत्कृष्ट अस्पतालका रूपमा छनोट हुन पाएकोमा गौरव लागेको छ।’ उनले प्रदेश सरकारसँग आवश्यक जनशक्तिलगायत पूर्वाधार निर्माणका लागि बजेट माग गरेको बताए। 

जनशक्ति अभावमा अस्पतालको रक्तसञ्चार सेवा पनि प्रभावित बनेको छ। आवश्यक जनशक्ति नहुँदा रगत आपूर्तिका लागि समेत समस्या हुन थालेको छ। गरिब बिरामीलाई निःशुल्क सेवालगायत प्राविधिक उपकरण थप गर्न सके विपन्न बर्गका बिरामीले प्रभावकारी स्वास्थ्य सेवा पाउने अस्पतालका सर्जन डा. विजय उपाध्यायको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.