नवलपरासीमा राजावादीको प्रदर्शन

नवलपरासीमा राजावादीको प्रदर्शन

परासी : विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका राजावादीहरुले बुधबार पश्चिम नवलपरासीमा पनि प्रदर्शन गरेका छन्। हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा नारा लगाउँदै बर्दघाटबाट निस्केको मोटरसाईकल जुलुस भूमही, सुनवल हुँदै सदरमुकाम परासीमा आएर सभामा परिणत भएको थियो। 

सभामा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले राष्ट्रलाई बचाउनका लागि अब राजासहितको हिन्दु राष्ट्रको विकल्प नभएकोमा जोड दिएका थिए। 
सभामा राप्रपाका जिल्ला नेता रामभवन यादव, शिव सेना नेपालका जिल्ला संयोजक उपेन्द्र गौतम, रमेश श्रेष्ठलगायतले वर्तमान राज्य व्यवस्थाबाट जनताहरु आजित भएको भन्दै राजसंस्था पुनर्स्थापना प्रति जनताको सहभागिता बढ्दै गएको दाबी गरेका थिए। 

प्रदर्शनमा युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। जुलसका सहभागीहरुले पूर्वराजालाई कमजोर ठान्नेका लागि यस्ता प्रर्दशन शक्ति प्रदर्शनका रुपमा विभिन्न जिल्लामा गर्दै आएको बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.