बिजुलीको पोलमा बोलेरो ठोक्किदा करेन्ट लागेर दुईजनाको मृत्यु, १८ घाइते, ४ गम्भीर

बिजुलीको पोलमा बोलेरो ठोक्किदा करेन्ट लागेर दुईजनाको मृत्यु, १८ घाइते, ४ गम्भीर

चितवन :  सवारी दुर्घटनामा परी चितवनमा दुईजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित भित्री सडकखण्डमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आउँदै गरेको ना ४ च ५०५० नं को बोलेरो  अनियन्त्रित भइ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

बोलेरो सडक छेउमा रहेको फलामको बिजुलीको पोलमा ठोकिन जाँदा करेन्ट सर्ट भइ जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता  सूर्य थापाले जानकारी दिए ।

पहाडी क्षेत्रबाट राजमार्ग आउने क्रममा बोलेरो दुर्घटना भएको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । बोलेरोमा करिब १५ देखि २० जनासम्म रहेको बताइएको छ।

घाइतेमध्ये १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीनजनाको अवस्था गम्भीर रहेको चितवन मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारीले बताए । अन्य पाँचजनाको  पुरानो मेडिकल कलेजमा उपचाररत भइरहेको छ। उपचारत एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाको बाँकी विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.