बोलेरो दुर्घटना अपडेट : मृतक दुवैजनाको सनाखत, १९ घाइते, ४ जनाको अवस्था गम्भीर

बोलेरो दुर्घटना अपडेट : मृतक दुवैजनाको सनाखत, १९ घाइते, ४ जनाको अवस्था गम्भीर

चितवन : बोलेरो दुर्घटनामा मृत्यु भएका दुवैजनाको सनाखत भएको छ। मृत्यु हुनेमा बोलेरो चालक इच्छाकामना गाउँपालिका ६ का ३० वर्षीय निर्मल गुरुङ र ५० वर्षीया खिमा कुमारी गुरुङ रहेको चितवन प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जनाको चितवन मेडिकल कलेज र अन्य ५ जनाको पुरानो मेडिकल कलेजमा उपचाररत भइरहेको छ। उपचारत चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित भित्री सडकखण्डमा चण्डिभञ्जाङबाट राजमार्ग तर्फ आइरहेको ना ४ च ५०५० नं को बोलेरो आफै अनियन्त्रित भए दुर्घटना भएको थियो।

बोलेरो सडक छेउमा रहेको फलामको बिजुलीको पोलमा ठोकिन जाँदा करेन्ट सर्ट भइ जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता  सुर्य थापाले जानकारी दिए ।

पहाडी क्षेत्रबाट राजमार्ग आउने क्रममा बोलेरो दुर्घटना भएको हो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.