‘कोभिडसँग जोगिँदै दिनचर्या सुरु गरौं’

‘कोभिडसँग जोगिँदै दिनचर्या सुरु गरौं’

गुलरिया : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले कोभिड १९ ले समाजमा पारेको नकारात्मक असर अनुसन्धान गर्दै र जोगिँदै दिनचर्या सुरु गर्नुपर्ने बताएका छन् । 

बर्दियाको गुलरियास्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला स्तरीय सुरक्षा गोष्ठीमा आएका मन्त्रीले कोभिडका कारण तिनै तहका सरकारको विकास निर्माणमा प्रभाव पारेको प्रष्ट पारे ।

कोभिडले रोकेका स्थानीय, प्रदेश सरकारका परियोजना कसरी सञ्चालन गर्ने सम्वन्धमा प्रदेश सरकारले अनुसन्धान गरिरहेको छ । कोभिडबाट सिर्जना भएको परिस्थितिमा जनलाई कसरी सहयोग उपलब्ध गराउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको छ । स्वास्थ्य महामारीका बेला सजग भएर दैनिक दिनचर्या सुरु गर्नुपर्नेमा उनले जोड दिए । 

बर्दिया जिल्ला जलसम्पदा, जैविकविविधता एवम् पर्यटकीय गन्तव्य सहितको उर्वरभूमी भएकाले यसको विकासमा प्रदेश सरकारले दीर्घकालिन विकासको अवधारणा बनाइरहेको बताए । 

कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने हुलाकी एवम् राजमार्ग दुवै बर्दियामा रहेकाले प्रदेश मुकाम नजिकिएपछि थप समृद्धिको मार्ग प्रशस्त हुने मन्त्री केसीको जिकिर छ । 

प्रदेशकै सुरक्षा व्यवस्था बलियो बनाउन जिल्लामा गरिएको गोष्ठी कोशेढुंगा सावित हुने बताए । लुम्बिनी प्रदेश अन्र्तगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बर्दियामा जिल्ला स्तरीय सुरक्षा गोष्ठी गरिएको छ । कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी, प्रदेश मन्त्रालयका सचिव तथा उपसचिव लगायत सरोकारवालाहरु सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.