पोखरीमा डुबेर तीन बालिकाको मृत्यु
तेह्रथुम : छथर गाउँपालिका वडा ६ सुदापको च्याङलुङ टोलमा पौडी खेल्ने क्रममा शनिबार बेलुका तीन बालिकाको ज्यान गएको छ । टोलमा समूहगतरुपमा बनाइएको पलाष्टिक पोखरीमा तीनजना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
शनिबार बेलुका साथीहरु मिलेर खेल्ने क्रममा पोखरीमा डुब्दा कोपिला लिम्बूका २ छोरीहरु, ७ वर्षीय रन्जना र ६ वर्षीया रजनी लिम्बू र सोही टोलका देबेन्द्र आङखेवाको ८ वर्षीय छोरी सुहाना आङखेवा लिम्बूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए।
बालिकाहरु राती अवेरसम्म घर नर्फकिएपछि खोज्दै जाने क्रममा पोखरीमा मृत अवस्थामा भेटिएका थिए ।