'कोरोनालाई कमाइ खाने भाँडो बनायो'

'कोरोनालाई कमाइ खाने भाँडो बनायो'

गुलरिया : महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) सरकारले कमाइ खाने भाँडो बनाएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व भूमिसुधार मन्त्री डाक्टर गोपाल दहितले आरोप लगाएका छन् । नेपाली कांग्रेस बर्दियाले गुलरियास्थित राधाकृष्ण चोकमा आयोजना गरेको बृहत विरोध प्रर्दशन सभालाई सम्बोधन गर्दै नेता दहितले दुई तिहाइको सरकार कोरोना महामारी नियन्त्रणमा असफल भएको दाबी गरे ।

कोरोना महामारीका बेला सरकारले जनतालाई स्वास्थ्य उपचार, सुरक्षा एवम् राहत दिनुको साटो जनविरोधी काम गर्दै भ्रष्टाचारमा र्निलिप्त भएर कोरोनालाई कमाइ खाने भाँडो बनाएको उनको तर्क छ ।

संविधानले रक्षा गरेको स्वास्थ्य उपचार र खाद्य सम्प्रभुताको रक्षा गर्नुको साटो कोभिडका बिरामीको उपचार गर्न नसक्ने अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण र्निलज्जताको पराकाष्ठा भएको उनको जिकिर छ । 

विगतमा नेपालले विश्वमा प्राप्त गरेका पहिचान दुई तिहाईको सरकारले गुमाउने काम गरेकोभन्दै नेपाली कांग्रेस भित्रको पूर्वाग्रह त्यागेर सरकारको गलत कामको विरुद्धमा लाग्न नेता दहितले कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसले आन्दोलनको शुभमूहुर्त भैसकेकाले दुई तिहाईको दम्भ पालेर बसेको सरकार नसच्चिए गाउँगाउँबाट आन्दोलनको आँधिवेहरी श्रृजना हुने उनले चेतावनी दिए ।  

प्रतिपक्षले आयोजना गरेका कार्यक्रमहरुमा धरपकट गर्नु सरकारको असफलताको चरित्र भएको बताए । भ्रष्टाचारी, जनविरोधी, नातावादी, निरंकुश प्रवृत्तिको नेकपा सरकारलाई सडकबाट खबरदारी गर्छौ । देशमा भएका हत्याहिंसा, बलात्कार, वेथितीलगायत किसान लगायत जनताका स्वास्थ्य समस्यालाई यथाशिघ्र सम्बोधन गरिनुपर्ने विरोध कार्यक्रमका सहभागीहरुको माग छ । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाको प्रांगणबाट निकालिएको विरोध र्याली गुलरिया बजार, जिल्ला प्रसासन कार्यालयहुँदै राधाकृष्ण चोकमा पुगेर कोणसभामा परिणत भएको हो । र्यालीका सहभागीहरुले कम्युनिष्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा सरकारको असफलता, स्वास्थ्य सामाग्रीमा अनियमितता, भ्रष्टाचार, राज्य आतंक, चर्को मुल्यवृद्धि, महिला हिंसा, करबृद्धि लगायत कुशासनका विरुद्धमा नाराबाजी गरेका छन् । नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको बृहत विरोध प्रर्दशन कार्यक्रममा जिल्लाका प्रशस्त नेता तथा कार्यकर्ताहरु सहभागी थिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.