बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार, आयोजना प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार, आयोजना प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं : बागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजनाको निर्माण भ्रष्टाचार भएको छ। भ्रष्टाचारमा संलग्न आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

इन्जिनियर पाण्डवप्रसाद देव, थोदुङ्ग-अजम्बररशिवराम जे.भी. नयाँबानेश्वर, काठमाडौंको मुख्य जे.भी. पार्टनर थोदुङ्ग कन्स्ट्रक्सन प्रा.लि. का डाइरेक्टर ङबाङ क्षोदेन शेर्पा (ऐन.सी.शेर्पा), जे.भी. पार्टनर अजम्बर निर्माण सेवाका प्रोप्राइटर बैकुण्ठप्रसाद भण्डारी र जे.भी. पार्टनर शिवराम कन्सट्रक्सन कम्पनी प्रा.लि.का प्रोप्राइटर शिवजी सापकोटालाई पनि प्रतिवादी बनाइएको छ। उनीहरुविरुद्ध ९६ करोड ६४  लाख विगो माग दाबी गरिएको छ। 

आयोजना प्रमुख श्रीवास्तवले ‘स्टुड’निर्माणमा प्रयोग भएको ग्यावियन तारको परीक्षण नै नगरी गुणस्तरयुक्त भएको हो भनी अन्तिम बिल र कार्यसम्पन्न प्रतिवेदन प्रमाणित गरी भुक्तानी गराएको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। अख्तियारका अनुसार  इन्जिनियर देवले स्टुड निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई गुणस्तरयुक्त भएको भनी अन्तिम बील र कार्यसम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीको लागि सिफारिस गरेका थिए। 

आयोजना प्रमुख श्रीवस्ताव र इन्जिनियर देवले निर्माण व्यवसायी थोदुङ्ग’अजम्बररशिवराम जे.भी.बाट भएको गुणस्तरहीन निर्माण कार्यलाई निर्धारित गुणस्तर तथा मापदण्डबमोजिम भएको भनी भुक्तानी गरेको हुँदा भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जानकारी दिए।

साथै, निर्धारित शर्त र सम्झौताविपरीत कम गुणस्तरको स्टुड निर्माण गरी कम गुणस्तरको ग्यावियन तारलाई गुणस्तरयुक्त भनी बीलमा दस्तखत गरी भुक्तानी लिने थोदुङ्ग कन्स्ट्रक्सनका डाइरेक्टर शेर्पा (ऐन.सी.शेर्पा), अजम्बर निर्माण सेवाका प्रोप्राइटर भण्डारी र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रोप्राइटर सापकोटाविरुद्ध  भ्रष्टाचार निवारण ऐन बमोजिम बिगो असुलउपर गरी जफतसहितको  मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.