द फन रेसिडेन्सीलाई अवार्ड
चितवन : चौधरी ग्रुपद्वारा सञ्चालित द फन रेसिडेन्सीले द साउथ एसियन ट्राभल अवार्डअन्तर्गत लिडिङ इको फ्रेन्डल्ली सिटी होटलको उपाधि पाएको छ। १५ डिसेम्बरमा उक्त अवार्ड पाएको हो। नोमिनेसनमा परेका दक्षिण एसियाका एक दर्जन होटलमध्ये चितवनबाट द फन रेसिडेन्सीले अवार्ड पाएको हो। छोटो समयमै उत्कृष्टता प्राप्त गरेको होटलका व्यवस्थापक दीपेन्द्र पोखरेलले बताए।
सीजी ल्यान्डमार्कमा रहेको होटलले मंगलबार लिडिङ इको फ्रेन्डली सिटी होटल अवार्ड पाएको हो। होटलले वातावरण प्रदूषण हुने कुनै पनि काम नगरेको तथा वातावरणमैत्री भएकोले उक्त अवार्ड पाएको पोखरेलले बताए।
पर्यटकीय र व्यावसायिक प्रयोजनलाई लक्ष्य गरी बनाइएको होटलमा ४८ वटा सुविधा सम्पन्न कोठा, दुईवटा सेमिनार हल, स्विमिङ पुल, खुला एवं रमणीय स्काई लाउन्ज, स्काई स्पोर्ट बार, ३६० लाउन्ज रहेको छ।
सोही अवसर पारेर द फन रेसिडेन्सी (होटल चितवन)ले आगामी पुस ९ गते ‘क्रिसमस २०२०’ कार्यक्रम गर्ने जनाएको छ। गायक निशान भट्टराईले आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको होटलकी सेल्स तथा मार्केटिङ म्यानेजर श्रीषा भट्टराईले जानकारी दिइन्।