श्रीमानलाई खाना बोकेर गएकी महिला शंकास्पद अवस्थामा मृत भेटिइन्

श्रीमानलाई खाना बोकेर गएकी महिला शंकास्पद अवस्थामा मृत भेटिइन्

झापा: झापाको बिर्तामोडमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-२ चैतुबारीको खेतमाआइतबार बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मृत्यु हुने स्थानीय ४२ वर्षीया दिनो राजवंशी भएको बुझिएको छ । स्थानीयबासीका अनुसार दिनो र उनका पति वीरबहादुर राजवंशीले चैतुबारीमै स्थानीय जगत राजवंशीको खेत भाडामा लिइ तीन वर्षदेखि कुखुरा फार्म सञ्चालन गर्दैआएका थिए।

दिनोले शनिबार बेलुका ७ बजे श्रीमानलाई खान पुर्‍याउन भनी घरबाट हिँडेको र राति अबेरसम्म नफर्किएपछि परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा उनको शव घरदेखि ३०० मिटर पश्चिम खेतमा भेटिएको प्रहरीले जनाएको छ।

प्रवक्ता थापाका अनुसार मृतक महिलाको नाक र मुखबाट रगत बगेको र उत्तानो परेको अवस्थामा भेटिएको छ । थापाले भने, ‘घाँटीमा सल बेरिएको छ । हतियार प्रयोग भएको देखिएको छैन । घटना शंकास्पद छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।’

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली थप अनुसन्धानका लागि खटिएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धानका लागि धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट तालिमप्राप्त कुकुर सहितको प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.