संसद विघटनविरुद्ध दलहरू आन्दोलनमा

संसद विघटनविरुद्ध दलहरू आन्दोलनमा

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न दलले प्रतिनिधिसभा विघटन कार्यप्रति आपत्ति जनाएका छन्। सरकारको उक्त कदमलाई कांग्रेसले ‘बदनियतपूर्ण’ भनेको छ। आइतबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारी सम्मिलित बैठकले प्रतिनिधिसभा विघटनप्रति विरोध जनाएको हो। 

‘यो घटना नेपाल कम्युनिस्ट पार्टीको सरकारको घोर अधिनायकवादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण निन्दनीय कार्य हो’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको छ।’

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा  थप छलफल गरिने जानकारी दिए । ‘अब केन्द्रीय कार्यसमितिमा पनि छलफल गर्छौँ र आगामी रणनीति तयार गर्छौँ’, डा. महतले भने । कांग्रेसले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । त्यस्तै कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने र बाहिर रहेका राजनीतिक दलहरूसँग छलफल गर्न सोमबार सर्वदलीय बैठक बोलाएको छ । सत्तारुढ दल नेकपाको असन्तुष्ट पक्षसहित कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभा विघटनको विरोधमा एकमत भएका छन् । तीन दलले सरकारको कदमको संयुक्त रूपमा विरोध गर्ने निर्णयसमेत गरेका छन् ।

आइतबार साँझ कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गैरसंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकाल्दै संयुक्त रूपमा प्रतिरोध गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.