प्रचण्डको गृहजिल्लाको पार्टी कार्यालयमा ओली समूहको तालाबन्दी

प्रचण्डको गृहजिल्लाको पार्टी कार्यालयमा ओली समूहको तालाबन्दी

चितवन : नेकपा चितवनको पार्टी कार्यालयमा तालाबन्दी भएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को गृह जिल्लाको पार्टी कार्यालयमा ओली समूहका कार्यकर्ताले ताला लगाएका छन। नेकपाको दाहाल–नेपाल समूहले आफ्नो बहुमत रहेको दाबी गरेको चितवनको पार्टी कार्यालयमा शनिबार ओली पक्षधरले ताला लगाएका हुन्। 

भरतपुर महानगरपालिका-१० स्थित पार्टी कार्यालय तत्कालीन एमाले पार्टी कार्यालय हो। पार्टी नेतृत्वलाई वदनाम गरी कार्यालयबाट गतिविधि भइरहेको भन्दै जिल्ला कार्यालय मदननगरमा कार्यालयमा सूचना टाँसिएको छ। 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध घेरावन्दी गरिएको र राष्ट्रपतिप्रति महाअभियोग तथा अविश्वासको प्रस्ताव पेश गरेर पार्टी एकताविरोधी काम गरिएको भन्दै विरोध गरेका छन्। सूचनामा भनिएको छ, 'नेपाल कम्युनिष्ट पार्टीको यथार्थ दृष्टिकोण, सिद्धान्त र कार्यदिशाका सम्बन्धमा सबै नेतागणको एउटै राय र मनहरु एकै ठाउँमा रहने प्रति विश्वास व्यक्त गर्दै यस मदनआश्रित भवनलाई कुनै एक पक्षको र गुटको आश्रयस्थलका रुपमा प्रयोग नगर्न, नगराउनका लागि भवनमा तालावन्दी गरिएको जानकारी गराइन्छ।'

नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष ओली निकटका रामप्रसाद न्यौपानेले पार्टीको गुटको गतिविधि भएकोले युवा समूहले तालाबन्दी गरेको बताए। ‘ पहिलो पार्टी अध्यक्ष भएको कारण पनि स्वभाविक पार्टी कार्यालय केपी कमरेड नेतृत्वको नेकपाको हो, सम्पति बाँडफाड नहुँदासम्म गुटको गतिविधि हुदैन ’ उनले भने ‘ उहाँहरुलाई काम गर्न पूर्व माओवादी कार्यालय छ त्यसैमा गरे भइहाल्छ नि।’

कार्यालय एकपक्षिय ढंगबाट पार्टीको गुट चलाउने काम भएपछि युवाले बन्द गरेको उनले बताए। नेकपा चितवनका अध्यक्ष दाहाल निकटका यमबहादुर परियारले तालाबन्दी भएको जानकारी पाएको बताउँदै प्रतिकृया दिन मानेनन्। उनले भने,‘उहाँहरुले ताला लगाउनुभयो, यसमा कुरा अघि बढ्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.