स्याङ्जामा बस र ट्रक ठक्कर खाँदा १७ घाइते, पाँच जनालाई पोखरा पठाइयो

स्याङ्जामा बस र ट्रक ठक्कर खाँदा १७ घाइते, पाँच जनालाई पोखरा पठाइयो

स्याङ्जा : शनिबार दिउँसो पुतलीबजार नगरपालिका ११ स्थित बगालथोकमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । 

पोखराबाट वालिङतर्फ जाँदै गरेको लु १ ख ६५९४ नम्बरको ट्रक र पर्वतको फोक्सिङ्बाट पोखरा जाँदै गरेको ना ५ ख ५१३९ नम्बरको बस सिद्धार्थ राजमार्गमा ठोक्किँएका हुन् ।

दुर्घटनामा घाइते भएकामध्ये ५ जनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ। अन्य १२ जनाको जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

ठोक्किँएका बस र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.