छाडेर जानेको घर हुँदैन, नयाँ घर बनाउने हो : सुरेन्द्र पाण्डे

छाडेर जानेको घर हुँदैन, नयाँ घर बनाउने हो : सुरेन्द्र पाण्डे

चितवन : विभाजनको संघारमा रहेको नेपाल कम्युनिस्ट पार्टी भित्र चुनाव चिह्न  कस्को भन्ने विवाद चलिरहँदा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीलाई पार्टी र चुनाव चिह्नमाथि दाबी गर्ने नैतिक आधार नभएको बताएका छन्।

आफ्नो समूहमा बहुमत केन्द्रीय सदस्य रहेको आधारमा आधिकारिक रुपमा पार्टी आफ्नो भएको दाबी उनको छ। 

साविक माओवादीको पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेल प्रधानमन्त्री भएको आधारमा पार्टी र चुनाव चिह्न पाउने उनले बताए। 

विगतका राजनीतिक नजिरले बहुमत केन्द्रीय सदस्य हुने नै आधिकारीक पार्टी भएको उनले सुनाए। पाण्डेले नेकपा र चुनाव चिह्न सूर्य आफूहरुको भएको दाबी गरे। 

२०५० जनमोर्चा विभाजन, २०५४ को एमाले, २०५८मा कांग्रेस, त्यसपछिको  भएको नेकपा माओवादी सहितका मधेशवादी दल विभाजन हुँदा पनि बहुमतपक्षको पार्टी आधिकारिक भएको नजिर स्थापित भएको उनको भनाइ छ। 

प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको सिद्धान्तको नारा झिकेर पूर्व एमालेमाथि भ्रममा पार्न खोजेको भन्दै यसमा नलाग्न उनले आग्रह गरे। एकता नहुँदा चुनावमा पराजित भएर प्रतिपक्षमा बस्नुपर्ने डरले पार्टीभित्र छलफल नगरी पार्टी एकताको निर्णय गरेको खुलासा समेत उनले गरे।  

‘घर छाडेर जानेको घर होइन उसले अर्को घर बनाउने हो’, पाण्डेले भने, ‘ओलीजी घर सर्न खोज्नुभयो उहाँले अर्को बनाउने हो। यो घर र चुनाव चिह्नमा उहाँको दाबा रहदैन।’

मंगलबार काठमाडौंमा हुने प्रदर्शनमा अधिकतम सहभागी गराउन नेताहरुले निर्देशन दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.