असंवैधानिक कदम स्वीकार्य छैन : जसपा

असंवैधानिक कदम स्वीकार्य छैन : जसपा

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विघटन गरेको विरोधमा प्रदेश १ को राजधानी विराटनगरमा विरोध प्रदर्शन भएको छ ।

प्रधानमन्त्रीले संसद विघटन गरेको विरोधमा निरन्तर विरोधका कार्यक्रम गर्दे आएको जसपाले आइतबार विराटनगरमा आयोजना गरेको विरोध कार्याक्रममा आन्दोलनकै बलमा संसद पुर्नस्थापना गरेर छोड्ने चेतावनी दिएका छन् ।

हरेक समुदायको समान अधिकारसहितको संविधान बनाउन सडक र सदनमा दबाब दिइरहेका बेला संसद विघटन गरेर मुलकमा फेरि राजनीतिक अस्थिरताको सिर्जना गरेको वक्ताहरुले बताए । 

जसपका नेता राजकुमार यादवले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकमा एकात्मक शाषण प्रणाली तर्फ लाने नीतिमा रहेको आरोप लगाए  । उनले विभिन्न आन्दोलनले जगबाट मुलुकमा संघीयतासहितको संविधान जारी भएका बेला संसद विघटन गरेर संघीयतालाई नै धरापमा पार्ने खेल ओलीले सुरु गरेको बताए । 

मधेस आन्दोलनको माग र एजेन्डा बिना नै जारी गरेको संविधानलाई संशोधन गरेर अघि बढ्नु पर्ने बेलामा मुलुकमा अस्थिरता कायम गराएर एकात्मक शासन कुनै हालतमा स्वीकार्य नहुने बताए । 

सो अवसरमा अर्को नेता मो कादिरले प्रधानमन्त्रीको संघीयता विरोध मानसिकताको कारण मुलुक राजनीतिक बन्धक बनेको बताए । उनले अधिकारको लागि भएको लामो आन्दोलनको मर्म र भावना विपरित ओलीले संसद विघटन गरेकाले आन्दोलनकै बलमा संदन स्थापना गरेर प्रधानमन्त्री ओलीलाई बहिष्कार गर्ने उनले बताए। 

प्रदर्शनमा जसपाका केन्द्रीय  सदस्य ईनामुल हक, भोगेन्द्र यादव, तेजलाल कर्ण, सन्जु शर्मा, रामलाल सुतिहार, चन्द्रप्रसाद राजवंशी, युवा नेता मो.फैयाज, उमेश यादव , समिम कमर ,  महिला नेतृ प्रीति झा, सदिना खातुन, विमला अर्याल तुलसी शाह लगायतका नेताको उपस्थिती रहेको थियो।

यस अघि  प्रधानमन्त्री तथा राष्ट्रपतिको पुतला दहन,  मसाल जुलुस लगायतका निरन्तर रुपमा विरोधका कार्यक्रम गर्दे आएको छ ।
    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.