रेडक्रसको उपमहामन्त्रीमा ढकाल

रेडक्रसको उपमहामन्त्रीमा ढकाल

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा कास्कीका दिपेन्द्रराज ढकाल मनोनित भउका छन्। ढकाल केन्द्रीय तदर्थ समितिको सदस्य थिए।

नेपाल रेडक्रस सोसाइटीको पुस ९ गते बसेको केन्द्रीय कार्यसमितिको २९४ औँ बैठकले नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान बमोजिम कार्यभार सञ्चालन गर्ने गरी ढकाललाई मनोनयन गरेको हो। नेपाल रेडक्रसको प्रांगणमा आयोजित एक कार्यक्रमवीच उनलाई रेडक्रसका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाले मनोनयनको पत्र हस्तान्तरण गरेका थिए।

उपमहामन्त्रीको पदभार ग्रहण गर्दै ढकालले समुदायसँग अझ नजीक हुने गरी रेडक्रसका सेवा प्रवाह गर्न आफू लागिपर्ने बताए। पदभार ग्रहण कार्यक्रममा नेरेसोका उपाध्यक्षद्धय शर्मिला कार्की र डा विश्वकेशर मास्के, केन्द्रीय सदस्यहरु, कार्यकारी निर्देशक उमेश ढकाल र नेरेसोका कर्मचारी उपस्थित थिए।

ढकालको नियुक्तिसँगै २०७७ साउन १२ गते नेपाल सरकार (मन्त्रीपरिषद) ले गठन गरेको बर्तमान तदर्थ कार्यसमितिमा सबै पदाधिकारीहरुको पद अब पूर्ण भएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारीबताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.