बाख्रापालनबाट मनग्गे आम्दानी

बाख्रापालनबाट मनग्गे आम्दानी

भोजपुर : टेम्केमैयुङ गाउँपालिका—८, गोगने सल्लेनीका विनोद भारती विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालनमा लागेका छन्। करिब आठ वर्षअघि वैदेशिक रोजगारमा गएका उनी कामअनुसारको पारिश्रामिक नपाएपछि गाउँ फर्केर बाख्रापालनमा लागेका हुन्। ऋण काढेर विदेशमा खाई नखाई पसिना पोख्नुभन्दा घरमै व्यवसाय गर्नु उचित भएको उनी ठान्छन्। तीन वर्षअघि सुरु गरेको उनको बाख्रापालनबाट वार्षिक तीन लाख आम्दानी हुने गरेको उनी सुनाउँछन्। विदेशको उपलब्धि घरमै बसीबसी भएपछि उनको दैनिकी नै बाख्राको स्याहारसुसारमा वित्छ। 

‘विदेशमा जति गरिने श्रम र लगानी आफ्नै ठाउँमा गरे विदेशको दोब्बरतेब्बर कमाउन सकिन्छ’, उनले सुनाए, ‘परिवारसँग साथै पनि भइने आम्दानी पनि आरामले हुने, गर्न सके यहीँ सुन फल्ने रहेछ’, वैदेशिक रोजगारबाट फर्केका धेरै युवा व्यावसायिक बाख्रापालनप्रति आकर्षित हुन थालेका छन्। थोरै लगानी र अनुदानले हौसिएका युवा विदेश छाडेर गाउँमै व्यवसायउन्मुख बन्न थालेका छन्।

विनोदजस्तै गोगने धाइपाका कमल भट्टराई पनि तीन वर्षदेखि बाख्रापालन गर्दै छन्। तीन वर्षअघि ६० हजारको लगानीमा ९ वटा बाख्रा किनेर व्यवसाय सुरु गरेका उनको फार्ममा अहिले ७० भन्दा बढी बाख्रा छन्। चरनका लागि उनले ६० रोपनी जग्गा भाडामा लिएका छन्। पनि वार्षिक चार लाखसम्म आम्दानी हुने गरेको उनले बताए। ‘चरन क्षेत्रको अभावले ३० मिनेटको दूरीमा भाडामा जग्गा लिएको छु, बाख्राबाट लगानीअनुसारको आम्दानी राम्रै छ, खरिदकर्ताले घरैमा आएर बाख्राको मोल गरी धरान, काठमाडौं ढुवानी गर्छन्’, उनले भने। कमलले बाख्राका लागि व्यवस्थित खोर बनाउन १ लाख ५० हजारमा २० वटा बाख्रा अट्ने आधुनिक खोर पनि बनाएका छन्।

त्यस्तै ६ वर्षअघि विदेशबाट फर्किएर बाख्रापालनमा लागेका अर्का तेजप्रसाद फुयालको पनि भरपर्दो आम्दानी स्रोत नै बाख्रापालन बनेको छ। कोरोना महामारीमा विदेशबाट युवा फर्कने जमात बढ्न थालेपछि वैकल्पिक पेसाको रूपमा व्यावसायिक बाख्रापालनमा लाग्न उनको जोड छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.