सुनसरीमा फेरि हात्तीले मान्छे मार्‍यो

सुनसरीमा फेरि हात्तीले मान्छे मार्‍यो

इटहरी : सुनसरीमा मंगलबार हात्तीले फेरि मान्छे मारेको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको जङ्गली हात्तिको आक्रमणबाट कोशी गाउँपालिका ५ बस्ने मोती यादवको मृत्यु भएको हो। 

दुइ साताअघि सोहि गाउँपालिकामा एक जना युवकको हात्ती आक्रमणमा ज्यान गएको थियो। स्थानीय मकुना हात्तीले बारम्बार मान्छे मार्न थालेपछि मकुनालाई नै मार्नेसम्मको योजना बनेको थियो। अहिले मकुनालाई उत्तेजित बनाउने हर्मोन घटाउने औषधीको प्रयोग थालिएको छ।

हात्तिले बारम्बार मानवीय क्षति पुर्यापछि पनि सरकार गम्भीर नभएको भन्दै स्थानीयले महेन्द्र राजमार्गमा केही बेर अवरोधसमेत गरेका थिए। कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयकाअनुसार पछिल्लो चार वर्षमा हात्ती आक्रमणमा २३ जनाको ज्यान गइसकेको छ। हात्ती रोक्नको लागि प्रयोग गरिएको सोलार फेन्सलाई हात्तीले छल्न थालेपछि हात्ती नियन्त्रण चुनौतिपूर्ण बन्दै आएको छ। 

हात्तीको परम्परागत चरन क्षेत्र घरपालुवा जनावरको अतिक्रमणमा पर्न थालेपछि हात्तीले मानव वस्तीमा छिरेर जनधनको क्षती गर्न थालेको विशेषज्ञहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.