प्रचण्ड- नेपाल समुहको परासीमा प्रदर्शन
परासी : संसद् विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी( नेकपा) प्रचण्ड- नेपाल समुहका कार्यकर्ताहरूले मंगलबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा विरोध प्रदर्शन गरेका छन्।
संघर्ष समिति नवलपरासी पश्चिमले आयोजना गरेको विरोध जुलुसमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरूद्ध नाराबाजी लगाएका थिए । बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।
कोणसभामा पूर्व कृषि राज्यमन्त्री घनश्याम यादव, नेकपा लुम्बिनी प्रदेश सचिवालय सदस्य वृहस्पति अधिकारी, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारीलगायतले प्रधानमन्त्रीले लोकतन्त्रलाई समाप्त पार्ने गरी गैर संवैधानिक तरिकाले संसद् विघटन गरेर देशमा संवैधानिक संकट निम्ताएकाले त्यसको रक्षाका लागि सडक आन्दोलनमा उत्रनु परेको बताएका थिए।