विराटनगरमा साकेला थान

विराटनगरमा साकेला थान

विराटनगर :  प्रदेश १ को राजधानी विराटनगरमा किरात राई सामूहिक चुह्लो भवनको शुभारम्भ भएको छ ।

किरात राई यायोक्खा  महानगर कमिटीले निर्माण गरेको सामूहिक चुह्लोको निर्माण विराटनगर ११ मा करिव १ करोड १० लाखमा भएको हो  । 

सामूहिक चुह्लो तीन कठ्ठा १० धुर जग्गामा निर्माण भएको हो हराउँदै गएको संस्कार र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्दे युवा पुस्तालाई त्यसतर्फ अग्रसर गराउन सामूहिक चुह्लो निर्माण गरिएको किरात राई यायुक्खा महानगर कार्यसमितिका अध्यक्ष विष्णुकुमारी राईले जानकारी दिइन्। 

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको तर्फबाट २५ लाख,  प्रदेश १ को भौतिक पूर्वाधार विकास  मन्त्रालयले ६० लाख र उद्योग पर्यटन वन तथा वतावरण मन्त्रालयले १० सहित अन्य दाताको सहयोग सो सामूहिक चुह्लो निर्माण भएको हो  । 

प्रदेश १मा  बसोबास गर्ने किरात समुदायको महान पर्व उद्यौलीको अवसरमा सामूहिक चुह्लो शुभारम्भ प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले गरे  । 

राई, लिम्बु, याख्खा, सुनुवार जातीले मंसिरे पूर्णिमाको दिनदेखी उद्यौली पर्वका सुरु गर्दछन् । यता विराटनगरमा पनि किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ र किरात याक्खा छुम्माले पनि सामूहिक रुपमा उद्यौली पर्व मनाउदै आएका छन्  । 

 निर्माणधिन साकेला थानमा विभिन्न समुदाय मिलेर एक आपसमा मिलेर  यो पर्व मनाएका  छन् । प्रकृतिसँग आस्थावान रहेका किरात समुदायले प्रकृतिलाई पुजा गर्ने आदिवासी राई, लिम्बु र याख्खा जाति कृषिमा आधारित जीवनशैली अपनाइ आएको र वर्ष भरीका बाली बटुल्ने समयलाई यो पर्वको रुपमा मनाउने चलन रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.