प्रहरी अधिकृतविरुद्ध घुस मुद्दा
काठमाडौं : सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुविरुद्ध घुस मुद्दा दायर गरिएको छ।
बरामद गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार घुस लिदालिदै अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो ।
कानुले पक्राउ गरी कार्यालयमा राखेको मोटरसाइकल फिर्ता दिने बहानामा घुस लिएका थिए ।
त्यस्तै काठमाडौं जिल्ला खेलकुद विकास समिति सानोगौचरण, काठमाडौंका सहायक द्वितीय तिलक प्रसाद घिमिरेविरुद्ध पनि घुसमुद्दा दायर गरिएको छ ।
उनले क्लबको प्रमाणपत्र नविकरण गर्नको लागि सेवाग्राहीसँग १५ हजार घुस लिएका थिए ।
क्लब दर्ता प्रमाणपत्र नविकरण गरिदिएवापत घुस लिएको तथ्य पुष्टि हुन आएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबीसहि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।