सञ्चालक पक्राउ लगत्तै लुम्बिनी चिनी मिलले किसानलाई भुक्तानी दिन सुरु

सञ्चालक पक्राउ लगत्तै लुम्बिनी चिनी मिलले किसानलाई भुक्तानी दिन सुरु

परासी : पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परेलगत्तै उखु किसानहरुलाई भुक्तानी दिन सुरु गरिएको छ। अग्रवालले बैंक खातामा २ करोड रुपैयाँ जम्मा गरेको जनाएपनि किसानहरुलाई भने भुक्तानी दिइएको थिएन। 

बिहीबार विरगञ्जबाट अग्रवाल पक्राउ गरेलगत्तै उद्योगले जिल्लाका किसानहरुलाई भुक्तानी दिन सुरु गरेको हो। प्रहरीले पक्राउ गरेका अग्रवाललाई विरगञ्जबाट नवलपरासी पुर्‍याउँदै छ। अग्रवाल नवलपरासी नपुग्दै उद्योगका प्रबन्धक विजयकुमार गुप्ता बिहीबार दिउँसो जिल्ला प्रशासन पुगेर किसानको रकम भुक्तानी प्रकृया सुरु गरिएको र पुस मसान्तभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए। गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने अन्य रकम बैंकमार्फत प्रकृया सुरु गरिएको जिल्ला प्रशासनमा जानकारी गराएका थिए।

बिहीबार साँझसम्म उद्योगले किसानहरुको खातामा १ करोड ९ लाख रुपैयाँ जम्मा गरी सकेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। प्रजिअ पाठकले भने‘उद्योगका प्रबन्धकले पुस २४ गतेभित्र पुन: २ करोड रुपैयाँ जम्मा गर्ने र बाँकी रकमको बैंक ग्यारेण्टी पत्र ल्याउने प्रतिबद्धता जनाएका छन्। ’

उद्योगका सञ्चालकलाई भुक्तानीको अवस्था र सुनिश्चितताबारे सोधपुछ गर्न विरगञ्जबाट नवलपरासी बोलाइएको पाठकले बताए।

उद्योगले कुल ८ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ। उद्योगका प्रबन्धक गुप्ताले अहिले २ करोड जम्मा गरेर भुक्तानी दिन सुरु गरेको बताए।  गुप्ताले भने,‘हप्ता दिनभित्र अरु २ करोड जम्मा गरेर फेरि भुक्तानी दिन्छौं। शुक्रबारसम्म बैंक ग्यारेण्टी हुन्छ। त्यसपछि किसानहरुका रसिद जम्मा गरेर पुस मसान्तभित्र सम्पूर्ण रकम भुक्तानी दिन्छौं।’ भुक्तानीपछि माघ १ बाट उद्योग नियमित सञ्चालन गर्ने उनले बताए। 

उद्योगका सञ्चालक मनिष अग्रवालको निधन भएपछि अंशवण्डामा उक्त उद्योगको स्वामित्व मृतकका भाई मनोजले लिएका हुन्। 

त्यसैगरी इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल काठमाण्डौं रहेको र प्रहरीले निगरानी बढाई रहेको प्रजिअ पाठकले बताए। इन्दिराले ५ करोड भुक्तानी दिन बाँकी रहेको पाठकले जानकारी दिए। प्रजिअ पाठकले भने, ‘उद्योगले ८० लाख रुपैयाँ खातामा जम्मा गरेको भएपनि किसानलाई दिएको छैन। ठगी मुद्दा दर्ता भएकाले उनी पक्राउ परे लगत्तै कारबाही प्रकृया अघि बढाएर किसानको रकम तिर्न लगाउँछौं।’जिल्लामा ३ चिनी उद्योग छन्। हाल बागमती चिनी उद्योग मात्र सञ्चालनमा छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.