गृहिणीको सारथि

गृहिणीको सारथि

अहिलेको व्यस्त जीवनको सारथि बनेको छ, विद्युतीय घरायसी सामग्री। शारीरिक परिश्रमबिना दैनिक कामकाजका लागि सहयोगी बनेको विद्युतीय घरायसी सामानमध्येको एक हो, लुगा धुने मेसिन अर्थात् वासिङ मेसिन। 

अझ जाडो महिनामा चिसोको कारण लुगा धुने काम त्यति प्रिय हुँदैन। त्यसैले अहिले वासिङ मेसिन हरेक घरको आवश्यकता भएको छ। विशेषगरी सहरी क्षेत्रका गृहिणी महिला दिदीबहिनी तथा कामकाजी महिलाको रोजाइ बनिरहेको वासिङ मेसिन। हातले लुगा धोएर समयखेर फाल्नुभन्दा उक्त समय उत्पादनमूलक काममा लगाउन सकिने हुँदा वासिङ मेसिन आवश्यक बन्दै गइरहेको छ। एक समय थियो शनिबार तथा बिदाको दिन लुगा धुने दिन भन्ने। शनिबार तथा बिदाको दिन सबैभन्दा पहिला लुगा धुने अनि अरू काम गर्ने चलन नै थियो। तर, अहिले लुगा धुन शनिबार कुर्नु पर्दैन। आफूलाई सहज परेको समयमा नै मेसिनमा लुगा हालेर करिब दुई घण्टामा नै लुगा धोएर निस्किन्छ। 

मध्यम तथा उपल्लो वर्गको रोजाइमा पर्ने वासिङ मेसिन तल्लो वर्गको पनि आवश्यकताको पहिलो सूचीमा नै पर्ने गर्छ। वासिङ मेसिनमा लुगा धुन केही गर्न पर्दैन। धुने लुगा मेसिनले तोकेको तौलअनुसार हाल्यो, सरफ हाल्यो अनि टाइम सेट गरिदियो बस त्यसपछिको काम मेसिन आफैंले गर्छ। प्रायः मेसिनले ८० प्रतिशतसम्म लुगा सुकाएर नै निकाल्छन् अझ अहिले पूर्ण रूपमा लुगा सुकाउने मेसिनको प्रयोग पनि बढ्दो छ। सस्तादेखि महँगा र ठूला वा साना सबै किसिमका मेसिन उपलब्ध छन्। 

वासिङ मेसिन किनेपछि यो दैनिकबाट छुटकारा पाउँदा राहत मिलेको बालकोट, भक्तपुरकी गृहिणी वसन्ती फुयाँल बताउँछिन्। उनको घरमा एलजीको वासिङ मेसिन आएको धेरै दिन भएको छैन। छोटो समयमै वासिङ मेसिनले आफ्नो दैनिकीमा 

महत्त्वपूर्ण सहयोग गरेको उनी बताउँछिन्। बच्चाबच्ची, श्रीमान् र घरपरिवारका गरी दैनिक लुगा धुने बाध्यताबाट छुटकारा पाउँदा कम्ता खुसी छैनन् वसन्ती। मध्यमवर्गीय उनको परिवारले लामो समयको जोहोपछि यो मेसिन ल्याएको उनी बताउँछिन्। 

शारीरिक परिश्रम नपर्ने, बिजुली तथा पानीको खपत कम हुने हुँदा पछिल्लो समयमा नेपालमा पनि लुगा धुनका लागि वासिङ मेसिनको प्रयोग बढ्दो क्रममा छ।  भन्सार विभागको चालू आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकमा करिब ७६ करोड रुपैयाँको कुल २ लाख ३० हजारभन्दा बढी वासिङ मेसिन नेपाल भित्रिएका छन्। जसबाट करिब ३५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। नेपालमा विशेषगरी एलजी, बाल्ट्रा, हिमस्टार, ह्र्विलपुललगायत ब्रान्डका वासिङ मेसिन बिक्री हुँदै आएका छन्। नेपाली बजारमा पाइने वासिङ मेसिन विशेषगरी फ्रन्ट डोर र टप डोर गरी दुई प्रकारका छन्। नेपालमा पाइने वासिङ मेसिन सेमी अटोमेसनदेखि फुल्ली अटोमेसनसम्मका हुने गरेका छन्। नेपालमा बिक्री हुने वासिङ मेसिन निम्न छन्। 

एलजी ब्रान्ड
कोरियन ब्रान्ड एलजी विश्वमा प्रख्यात विद्युतीय सामग्रीको ब्रान्ड हो। हरेक घरायसी प्रयोगका लागि आवश्यक विद्युतीय सामग्रीको बिक्री गर्दै आएको एलजी ब्रान्डका वासिङ मेसिन लोकप्रिय रहँदै आएको छ। नेपालमा ४० वर्षदेखि एलजीका सामान बिक्री गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले एलजीको वासिङ मेसिनको नेपाली बजार हिस्सा करिब ६० प्रतिशत रहेको जानकारी दिएको छ। वासिङ मेसिन खरिद गर्दा एलजीको नहेरेसम्म अरूमा नजाने ग्यारेन्टी गर्छन्, एलजी ब्रान्डको नेपालका लागि महाप्रबन्धक पुरुषोत्तम भण्डारी। कोरोना महामारीबीच पनि एलजीको वासिङ मेसिनको बिक्री अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढेको उनी बताउँछन्।  

एलजीका वासिङ मेसिन उच्चगुणस्तरका हुनुका साथै स्पा केयर, बीएलडीसी मोटर, वाटर क्युब ड्रम, स्वाइल लेबलजस्ता विशेषताका साथै वारेन्टी तथा ग्यारेन्टीको पनि व्यवस्था छ। पानी तथा बिजुलीको खपत कम गर्ने हुँदा आर्थिक रूपमा सहयोगी हुने बताइएको छ। 

हिम इलेक्ट्रोनिक्स
नेपालमा सामसङ ब्रान्डको विक्रेता हिम इलेक्ट्रोनिक्स हो। सामसङका बजार प्रबन्धक गणेश पाण्डेका अनुसार अघिल्लो वर्षको तुलनामा १०० प्रतिशत बढी बिक्री भइरहेको छ। डिमान्ड बढी भएकाले बजारमा सामसङका वासिङ मेसिनको सर्टेज छ। डिमान्डअनुसार नै आपूर्ति गर्न सकेको भए दुई सय प्रतिशत व्यापार हुने उनको भनाइ छ। 

जाडोमा बढी बिक्री भए पनि अहिले हरेक महिना वासिङ मेसिनको बिक्री हुने गरेको छ। हाल सामसङका सेमी अटोमेटिक, टपलोड (फुल्ली अटोमटिक) र फ्रन्टलोड (फुल्ली अटोमेटिक) गरी तीन प्रकारका वासिङ मेसिन बजारमा छन्। प्रबन्धक पाण्डेले ६० हजार देखि १ लाख ७० हजारसम्मको मूल्यको फ्रन्टलोड मेसिन रहेको बताए। यसमा पनि सबैभन्दा बढी ८ केजीको मेसिन बिक्री भइरहेको छ। हाल कम्तीमा २२ हजारदेखि २ लाख ७२ हजारसम्मका सामसङका वासिङ मिसिन बिक्री भइरहेको छ। 

बाल्ट्रा होम एन्ड किचेन एप्लायन्सेस
भारतीय ब्रान्ड बाल्ट्राले नेपाली बजार सुहाउँदो वासिङ मेसिन उत्पादन गरी बिक्री गरिरहेको छ। बाल्ट्रा होम एन्ड किचेन एप्लायन्सेसका बजार प्रबन्धक सम्बित सौरभ प्रहाराजका अनुसार नेपालीको आवश्यकता र बजार सुहाउँदो वासिङ मेसिन बिक्री गर्दै आइरहेको छ। बजारमा टपलोड र फ्रन्ट लोड क्रमशः ७.५ र ८.५ केजीका वासिङ मेसिन देख्न सकिन्छ। टपलोडले तलमाथि गरेर मात्र लुगा धुन्छ भने फ्रन्ट लोडले ३६० डिग्रीमा नै घुमेर लुगा धुने र सफा बनाउने उनी बताउँछन्।

लुगाको गुणस्तर र प्रकारअनुसार आफैं धुने सिस्टम पनि छ। फ्रन्ट लोड सेमी ड्राइ, पानी खपत कम, मोटरमा पाँच वर्षको वारेन्टी र बडीमा एक वर्षको वारेन्टी यसका विशेषता हुन्। काठमाडौं, पोखराजस्ता सहरमा यसको खपत बढी छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.