कसलाई सघाउँछ कांग्रेस ?

कसलाई सघाउँछ कांग्रेस ?

विराटनगर : प्रदेश १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अब बन्ने सरकारमा कांग्रेसले कुन समूहलाई समर्थन गर्ला भन्ने बहस सुरु भएको छ। प्रस्ताव दर्ता गर्ने दाहाल–नेपाल समूह र ओली समूह दुवैसँग सरकार निर्माणका लागि बहुमत नपुग्ने भएपछि कांग्रेस निर्णायक बनेको हो।

प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय गरेको छ। सोही बैठकले बहुमत सदस्यको समर्थनमा सरकार निर्माण गर्ने भएकाले कांग्रेसलाई आफ्नो पक्षमा पार्न दुवै समूह सक्रिय छन्। 

कांग्रेसले भने हालसम्म कुनै औपचारिक समर्थन वा निर्णय गरेको छैन। यो विषयमा अधिकांश कांग्रेस नेता केन्द्रको निर्णय पर्खाइमा रहेको बताउँछन्। ‘सरकारमा सहभागी हुने वा समर्थन गर्ने कुरा प्रदेश १ को मात्रै समस्या होइन,’ प्रमुख विपक्षी दलका नेता राजीव कोइरालाले भने,  ‘केन्द्रको निर्णय नआई संसदीय दल आफैंले निर्णय गरी अघि बढ्ने अवस्था छैन।’

प्रदेशसभामा ९३ सांसदमध्ये कांग्रेसका तर्फबाट २१ सांसद छन्। नेकपाका ६७ सांसदमध्ये मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गरेका थिए। बहुमत सदस्यका लागि कांग्रेसलाई फकाउन र सांसद खोसाखोस गर्नमा दुवै समूहको सक्रियता बढेको छ। 

कांग्रेस नेताहरू दुवै समूहबीच अनौपचारिक कुराकानी भइरहेको बताउँछन्। ‘सरकारमा सहभागिताको विषयमा पार्टीभित्र आन्तरिक रूपमा छलफल सुरु भए पनि नेकपाका कुनै पनि खेमासँग औपचारिक वार्ता र छलफल भएको छैन, हाम्रो पार्टीको केन्द्रमा समेत फरक मत छ’, प्रमुख विपक्षी दलका नेता राजीव कोइराला भन्छन्। कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कामको मतियार बन्न कांग्रेस सरकारमा जान नहुने बताएपछि प्रदेशमा पनि सरकार निर्माणका विषयमा छलफल गर्न कांग्रेसलाई असहज छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विराटनगरमा कांग्रेसले आयोजना गरेको विरोध सभालाई केही दिनअघि सम्बोधन गर्दै नेता कोइरालाले अहिलेको अवस्थामा कांग्रेस सरकारमा नजाने बताएका थिए। 

सरकार निर्माणमा कुन समूहलाई सघाउने भन्ने विषयमा कांग्रेसभित्र केन्द्रदेखि प्रदेशसम्मै एकमत देखिँदैन। अर्का केन्द्रीय सदस्य मीनेन्द्र रिजालले प्रदेशमा कांग्रेसको अबको भूमिकाका विषयमा विराटनगरमै छलफल गरेका छन्। रिजालले युवा–विद्यार्थीसँगको भेटघाट र अन्तरसंवादमा कांग्रेस सरकारमा सहभागी हुँदा फाइदा हुने देखिए निर्णय गरी अघि बढ्नुपर्ने बताए। प्रदेशमा पनि केन्द्रमा जस्तै रामचन्द्र पौडेल–कोइराला पक्ष भने केपी ओलीको निर्णयको विरोधमा छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.