वातावरणीय प्रभावको अवमूल्यन : नदी दोहनमा क्रसरको अवैंध सक्रियता

वातावरणीय प्रभावको अवमूल्यन : नदी दोहनमा क्रसरको अवैंध सक्रियता

गुलरिया : नदीजन्य पदार्थको उत्खनन्, संकलन लगायत विक्री वितरणका लागि सम्बन्धित क्रसर उद्योगहरुले कागजी रुपमा वातावरणीय प्रभाव मूल्यांकन (आईईई) गरेपनि निर्ममशैलीमा नदीदोहन गर्ने काम छाडेका छैनन्। राष्ट्रिय गौरव, प्राथमिकता लगायत बिकासका आयोजनाहरुका नाममा स्विकृति लिई संचालनमा रहेका क्रसर उद्योगहरु खुलेआम स्काईभेटरमार्फत नदीजन्य पदार्थको उत्खनन् गरी वातावरणीय प्रभावको अवमूल्यन गर्ने गरेका छन्।

अनुमति लिएर संचालनमा रहेका क्रसर उद्योगहरुले कुन ठाउँबाट कति परिमाणमा नदीजन्य पदार्थ निकाल्छन्। आवस्यकता कति हो भन्ने कुराको यकिन नहुँदा नदी दोहनको थप भार बढेको पाइन्छ। बर्दियामा ५ वटा ठूला आयोजना र एउटा निजी गरी ६ वटा क्रसर उद्योगहरु संचालनमा छन्। कोठियाघाट, बारबर्दिया, ठाकुरबाबा, मधुवन र राजापुर नगरपालिकामा अनुमति प्राप्त क्रसर उद्योगहरु संचालित छन्। 

गृहमन्त्रालयको परिपत्र अनुसार मंसिर दोस्रो सातादेखि जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लामा नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा विक्री वितरण कार्यमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। आईईई स्विकृति भई मापदण्ड अनुसार संचालित आयोजनाका क्रसर उद्योगहरु सम्वन्धित स्थानीय तहहरुको समन्वयमा स्थानीय प्रशासनले सहजीकरण गरिदिने सर्कुलर गृहको छ।

जिल्लामा संचालित उद्योगहरुको नदीजन्य पदार्थको मौज्दात नाप जाँचलगायत अनुमनका लागि गठित समितिले आयोजनाका लागि आवश्यक पर्ने नदीजन्य पदार्थको विवरण सम्वन्धित स्थानीयतहहरुसँग मागगर्दै अनुगमनलाई तिव्रता दिएको छ। संचालित उद्योग लगायत स्थानीय तहले हालसम्म पनि आफूसँग मौज्दात रहेको नदीजन्य पदार्थको यकिन विवरण स्थानीय प्रशासनलाई बुझाएका छैनन्। प्रजिअ अधिकारीले भने क्रसर उद्योगले संचालन गरेका दुईवटा वालुवा उद्योग हामीले बन्द गराएका छौं। ठाकुरबाबा नगरपलिकामा अवस्थित बर्दिया बालुवा प्रशोधन उद्योग र बारबर्दिया नगरपालिकामा अवस्थित लक्ष्मी बालुवा प्रशोधन उद्योग शील गरिएको छ। 

मधुवन नगरपालिकास्थित मानव बस्तीमा संचालित नूरी क्रसर उद्योगलाई आगामी श्रावण महिनासम्ममा वस्तीबाट अन्यत्रै स्थानान्तरण गर्न निर्देशन दिइएको छ। मधुवन नगरपालिका- ४ स्थित शिवानी क्रसर उद्योग प्रा.लिले ढोढरी गाउँमा टिपर प्रयोग गरी नदीजन्य पदार्थ ओसार पसार गर्दा गाउँको वातावरण लगायत ध्वनी प्रदूषित गर्ने कार्य गरेको भन्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाएका छन्। प्रजिअले भने 'ढोढरीका स्थानीयको माग उपर अनुसन्धान गर्दैछौ। कानून विपरित ठहरिए उद्योगलाई कारवाही गर्छौ हामी अनुसन्धानको प्रक्रियामै छौँ। बबई नदीमा स्काईभेटर प्रयोग गरी प्रालिले ढुँगा निकालेको भन्ने कुरा आएको छ। हाम्रो अनुगमन टोलीले त्यसको अध्ययन गर्दैछ।'

शिवानी क्रसर उद्योगको टिपर आन्दोलनले गाउँबासी आक्रान्त बनेको मधुवन- ४ स्थित ढोडरीका बडघर दहना थारुले बताए। उद्योग संचालनमा रहेको चारकिल्लाका मानिस लगायत गाउँलेहरुको बैठकले निर्णय गरी क्रसर उद्योग बन्द गराउन मागगर्दै हामी प्रशासनमा आएका छौं। उनले भने 'बबई नदीको कुमराघाटबाट स्काईभेटर प्रयोग गरी रातोदिन ढुँगा ओसार पसार हुन्छ। त्यसको प्रत्यक्ष कोलाहलको असर हामीलाई परेको छ। तत्काल वातावरणीय प्रभाव मूल्यांकन गरी उद्योग संचालनमा रोक लगाउन हामीले माग गरेका छौ।'

बबई नदीको कुमराघाटमा मधुवन नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा विक्रीवितरणका लागि ठेक्कामार्फत शिवानी क्रसर उद्योग प्रालिलाई अनुमति दिएको मधुवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले बताए। उनले भने, 'क्रसर उद्योगका बारेमा हामीले अनुमति अधिकार छैन र दिएका पनि छैनौ। हाम्रो मातहतमा रहेको ढुगाँ, गिट्टी, वालुवाको ठेक्का दिएका हौं। वातावरणीय प्रभाव मूल्यांकन गरिएको स्थानबाट निश्चित परिमाणमा उत्खनन् गर्ने अनुमति हाम्रो हो। स्थानीयबाट नदीदोहनको गुनासो आएको छ। हाम्रो ईन्जिनियर मार्फत उत्खनन् गरेको ठाउँमा नापजाँच हुँदैछ।' कानून विपरित फेला परे कारवाही गर्न‍े भन्दै अधिकृत शाहले स्थानीयहरुलाई ढुक्क हुन आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.