दाना-खुर्कोट सबस्टेशन र प्रशारण लाइन निर्माण सम्पन्‍न

दाना-खुर्कोट सबस्टेशन र प्रशारण लाइन निर्माण सम्पन्‍न

बेनी : २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रशारण लाइन निर्माण सम्पन्न भएको छ ।

म्याग्दीको दाना, पर्वतको खुर्कोटमा दुई वटा सबस्टेशन र बीचमा ११० वटा टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सम्पन्न भएको हो । आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयालले दाना र खुर्कोटमा सब स्टेशनका साथै प्रशारण लाइनको पूर्वाधार निर्माण र उपकरण जडानको काम सकिएको बताए ।

‘टावर ठडाउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान सकेर आन्तरिक परिक्षण सुरु गरेका छौ,’ उनले भने ‘सब स्टेशन चार्ज र परिक्षणको तयारीका लागि कार्यतालिका बनाउँदैछौँ ।’ करिब १५ दिनभित्र सबस्टेशन र प्रशारण लाइन सञ्चालनमा ल्याउने तयारी छ । 

एशियाली विकास बैंकको सहयोगमा नेपाल बिद्युत प्राधिकरणले सन २०१६ देखि सुरु गरेको यो आयोजना लक्ष्य भन्दा दुई वर्ष ढिला सकिएको हो । २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

आयोजना निर्माणमा तीन अरब रुपैयाँ खर्च भएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । सन् २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । 

कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रीय ग्रिडमा जोड्न सबस्टेशन र प्रशारण लाइन निर्माण गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए ।

‘यो सबस्टेशन र प्रशारण लाइन कालीगण्डकी कोरिडोरको बिद्युत बिकासको आधार हो,’ उनले भने ‘सबस्टेशन र प्रशारण लाइन कुरेर बसेका धेरै जलबिद्युत आयोजना निर्माणले तिब्रता पाउनेछ् ।’ जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको हो । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले लामो समयको प्रयासपछि पोखरेबगरको बिवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको बताए पोखरेबगरका जग्गाधनीसँगको बिवादले त्यहाँ ६ वटा टावर बनाउन दुई वर्षसम्म प्रयास गर्नुपरेको थियो ।

आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र १३.६ मेगावाट क्षमताको थापाखोला जलबिद्युत आयोजनाको बिद्युत केन्द्रीय लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । 

थापाखोला र घलेम्दी यसअघिनै निर्माण सम्पन्न भएपनि प्रशारण लाइनको अभावमा पुर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलबिद्युत आयोजनाले संरचनाको परिक्षण सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.