प्रचण्ड-माधव समूहले प्रदेश १ संसदीय दलका प्रमुख सचेतकलाई हटायो

प्रचण्ड-माधव समूहले प्रदेश १ संसदीय दलका प्रमुख सचेतकलाई हटायो

विराटनगर : नेकपा प्रचण्ड–नेपाल समूहको प्रदेश १ संसदीय दलको बैठकले दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई हटाउने निर्णय गरेको छ ।

आइतबार विराटनगरमा बसेको उक्त समूहको दलको बैठकले ओली समूहमा रहेका राजभण्डारीलाई हटाउँदै भण्डारीको काम सचेतक सौभाग्यवतीदेवी राई (किराँत)ले गर्ने निर्णय भएको सांसद बलबहादुर साम्सोहाङ्ले बताए । 
‘राजभण्डारी सचेतक थिए, जथाभावी कारवाही र स्पष्टिकरण गर्ने काममा मुख्यमन्त्रीको सारथी भएकाले आजको बैठकले हटाउने निर्णय गरेको हो,’ प्रचण्ड–नेपाल समुहमा रहेका सांसद साम्सोहाङले भने ।

यस्तै बैठकले प्रदेशसभा कार्यव्यवस्था समितिमा बुद्धिकुमार राजभण्डारी र इन्द्रमणी पराजुलीलाई हटाएर लिलाबल्लभ अधिकारी र उपेन्द्र घिमिरेलाई पठाउने निर्णय पनि गरेको छ । यो सँगै सबै समितिमा प्रचण्ड–नेपाल समुहले आफ्ना पक्षका सांसदलाई जिम्मेवारी दिएका छन् ।

सो समूहले संसदीय दलले संसदीय दल बोर्ड पनि गठन गरेको छ । बोर्डमा संसदीय दलका नेता भीम आचार्य, उपनेता टंक आङ्बुहाङ, सचेतक शौभाग्यवती राई, अन्य नेताहरु राजेन्द्र राई, धिरेन्द्र शर्मा (रमण), इन्द्रबहादुर आङ्बो (मौसम), जीवन घिमिरेलाई राखिएको छ ।  सो बोर्डको सदस्यसचिवमा तुलसी न्यौपाने रहेका छन् ।

बोर्डमा संसदीय दलका नेता, उपनेता र सचेतक पदेन सदस्य रहने प्रावधान अनुरुप छन् राखिएको र पार्टीका केन्द्रीय सदस्य र सांसदहरुमध्येबाट ११ जनालाई अन्य सदस्यको रुपमा छानिएको बताईएको छ । यस अघि दुबै समुह एक हुँदा समेत प्रदेश १ मा संसदीय दलको बोर्ड भने गठन थिएन । दल भित्रका कारवाही लगायतका महत्वपुर्ण निर्णय बोर्डले गर्ने प्रावधान अनुरुप उक्त समुहले बोर्ड समेत गठनमा सक्रियता देखाएको छ ।

उता ओली पक्षले भने दलको नेता मुख्यमन्त्री शेरधन राई र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीनै रहेको र अर्को समुहले गरेको सबै कृयाकलाप पार्टीको विधान विपरित रहेको बताउँदै आएको छ । प्रदेश १ मा प्रचण्ड–नेपाल समुहका ३६ संसदले हस्ताक्षर गर्दै मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश गरेपछि दुई समुहबीच एकले अर्कालाई निषेध गर्ने र कारबाही गर्ने क्रम चल्न सुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.