संसद विघटनविरुद्धको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन तरुण दलको परिपत्र

संसद विघटनविरुद्धको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन तरुण दलको परिपत्र

काठमाडौं  : नेपाल तरुण दलले माउ पार्टी नेपाली कांग्रेसले आयोजना गरेको चरणवद्ध विरोध प्रदर्शनका कार्यक्रममा सक्रिय सहभागी हुन सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ। तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सोमबार सबै जिल्ला समितिलाई परिपत्र गर्दै प्रधानमन्त्री केपी ओलीको 'संवैधानिक' र 'अलोकतान्त्रिक' कदमविरुद्धको आन्दोलनलाई सशक्त बनाउन निर्देशन दिएका हुन्। 

‘नेपाली काँग्रेस पार्टीले गर्ने विरोध प्रदर्शनका कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न र गराउन नेपाल तरुण दल केन्द्रीय समिति यसै परिपत्र मार्फत निर्देशन गर्दछ,’ दलका केन्द्रीय अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा उल्लेख छ।

कांग्रेसले पुस २५ गते शनिबार ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्दैछ। त्यस्तै  माघ ३ गते शनिबार ७५३ वटै पालिकाहरुमा विरोध प्रदर्शन गर्दैछ भने माघ ८ गते बिहीबार ७५३ पालिकाहरुका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।  

साथै कांग्रेसले पार्टीको जिल्ला कार्यसमिति र अन्य भ्रातृसंस्थाहरुलाई पनि कार्यक्रम नजुध्ने गरी विरोध प्रदर्शन गर्न निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.