औद्योगिक क्षेत्रबाट बन्द उद्योग हटाइँदै

औद्योगिक क्षेत्रबाट बन्द उद्योग हटाइँदै

सुर्खेतः वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र संचालनमा नरहेका उद्योगलाई कारबाही गर्न थालिएको छ । औद्योगिक क्षेत्रको जग्गा ओगटेर संचालनमा नरहेका उद्योगलाई त्यहाँबाट हटाउन थालिएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बन्द अवस्थामा रहेका उद्योगलाई जग्गा खाली गर्नसमेत निर्देशन दिएको छ ।

जग्गा लिजमा लिएका तर बन्द अवस्थामा रहेका उद्योगलाई औद्योगिक क्षेत्रबाट हटाइने छ । लामो समयदेखि औद्योगिक क्षेत्रको जग्गा ओगटेर सञ्चालनमा नआएका उद्योगलाई त्यहाँबाट हटाउन लागिएको हो । पहिलो चरणमा दुई वटा उद्योगलाई औद्योगिक क्षेत्रबाट हटाउन थालिएको छ ।देउती हर्बल उद्योग रएसके प्रिन्ट सोलुसनलाई हटाउन लागिएको व्यवस्थापन कार्यालयले जनाएको छ ।

देउती हर्बल उद्योग चिउरी प्रशोधनगर्ने उद्देश्यले स्थापना गरिएको उद्योग हो भने यसके प्रिन्ट छपाइसम्बन्धी काम गर्ने उद्योग हो । वर्षौंदेखि जग्गा लिएर भौतिक संरचना निर्माण गरेका तर सञ्चालनमा नल्याइएपछि उद्योगलाई कारबाही स्वरुप सम्झौता रद्द गरेर हटाउन थालिएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ ।उद्योग सञ्चालन गर्नभन्दै एसके प्रिन्ट सोलुसनले सात वर्ष र देउती हर्बल उद्योगले ६ वर्षदेखिजग्गा लिजमा लिएका थिए ।उद्योग सञ्चालनका लागि औद्योगिक क्षेत्रले देउती हर्वल उद्योगलाई एक रोपनी जग्गा उपलब्ध गराएको थियो । 

चिउरी प्रशोधन कार्य सम्बन्धी उद्योग सञ्चालन गर्न कार्यालयले पर्याप्त समय दिँदासमेत उद्योग सञ्चालन नगरेका कारण उद्योगसँगको सम्झौता रद्द भएको हो । तरसम्झौता रद्द गरेपछि चित्त नबुझेको भन्दै उद्योग सञ्चालकहरु औद्योगिक विकास क्षेत्र लिमिटेड केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । 

तर केन्द्रीय कार्यालयले पनि उद्योग सञ्चालन गर्ननसक्ने अवस्था देखेपछि २०७७ कात्तिक २० गतेको महाप्रबन्धकस्तरीय बैठकले सम्झौता रद्द गरेको हो ।त्यस्तै वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले एसके प्रिन्ट सोलुसनलाई दुई रोपनी जग्गामा उपलब्ध गराएको थियो । तर लामो समयसम्म उद्योग सञ्चालन नभएपछिउद्योगसँगको सम्झौता रद्द भएको छ । 

अब दुबै उद्योगहरु औद्योगिक क्षेत्रबाट हट्नुपर्ने छ । जग्गा मात्रै ओगट्नेतर उद्योग सञ्चालन नगर्ने उद्योगलाई हटाउन थालिएको कार्यालयले जनाएको हो ।दुबै कम्पनीलाई उद्योगका सम्पूर्ण सामान उठाउन भनिएको वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीवनारायण बञ्जाडेले जानकारी दिए । 

वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बन्द अवस्थामा भएका अन्य उद्योगलाई पनि कारबाही गर्ने तयारी गरेको छ ।औद्योगिक क्षेत्रमा अझै अरु दुई वटा उद्योग बन्द छन् । एउटा उद्योग निर्माणको प्रक्रियामा छ ।निर्माणाधिन र बन्द उद्योगहरु तत्काल सञ्चालनमा नआएसम्झौता नै रद्द गर्ने कार्यालयको तयारी छ ।

यस क्षेत्रको औद्योगिक विकासका लागि २०३८ सालमा वीरेन्द्रनगर औधोगिक क्षेत्र गरिएको हो । हालसम्म यहाँ निजी क्षेत्रको करिब ७५ करोड र साढे एक करोड सरकारी लगानी छ । औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट मात्रै झण्डै तीनसय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।औद्योगिक क्षेत्रमा रहेका २७ उद्योगमध्ये२१ वटा उद्योगहरु सञ्चालनमा छन् । विभिन्न कारणले चार वटा उद्योग बन्द छन् भने दुई वटा उद्योगहरु निर्माणाधिन अवस्थामा छन् । कर्णाली प्रदेशको एकमात्र यो औद्योगिक क्षेत्र ९० रोपनी क्षेत्रफलमा फैलिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.