रेलिङ हाल्ने क्रममा खसेर कामदारको मृत्यु

रेलिङ हाल्ने क्रममा खसेर कामदारको मृत्यु

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका -६ पाण्डुबजार हाइटस्थित एक घरमा रेलिङ हाल्ने क्रममा खसेर एक कामदारको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिकाकै वडा नं. ५ बस्ने ४० वर्षीय इश्वर कार्की रेलिङ हाल्ने क्रममा घरको दुई तलामाथिबाट खसेका थिए।

जमिनमा खसेर घाइते भएका कार्कीलाई उपचारको लागि मध्यपुर थिमि नगरपालिकास्थित मध्यपुर अस्पताल लगिएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए। उपचारकै क्रममा सम्बन्धित चिकित्सकले मृत्यु भएको घोषणा गरेको उनले बताए।

घटनालगत्तै स्थानीयले घाइते कार्कीको उद्धार गरी मध्यपुर अस्पताल पठाएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए। उनका अनुसार महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी निरीक्षक सानु तामाङको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो।

प्रहरी टोलीका अनुसार कार्की बुधबार सूर्यविनायक नगरपालिका- ६ पाण्डुबजार हाइटस्थित गोविन्द राजकर्निकारको साढे दुई तला पक्की घरको दोस्रो तलामा स्टिलको रेलिङ हाल्ने काम गरिरहेका थिए।

कार्कीले ठेकेदारमार्फत उक्त काम गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।‘घरधनी राजकर्णिकारले रामेछापको मन्थली नगरपालिका- ९ फुलासी घर भई हाल सूर्यविनायक नगरपालिका ६ नै बस्ने ४५ वर्षीय राजन खड्कालाई स्टिलको रेलिङ राख्ने ठेक्का दिएका रहेछन्’, उनले भने, ‘ठेकेदार खड्काले उक्त घरको रेलिङ हाल्न ईश्वर कार्कीलाई काममा लगाएका रहेछन्। सोही काम गर्ने क्रममा अचानक दुई तलाबाट खसेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।’
प्रहरी नायव उपरीक्षक गिरीले घटनाबारे थप अनुसन्धान कार्य भइरहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.