भक्तपुरमा २८ जना नयाँ संक्रमित थप

भक्तपुरमा २८ जना नयाँ संक्रमित थप

भक्तपुर : भक्तपुरमा बुधबार १३ पुरुष र १५ महिला गरी २८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार २ सय ८० पुगेको छ।

जसअनुसार ५ हजार २ सय २५ पुरुष र ४ हजार ५५ महिला रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका प्रमुख कृष्ण मिजारले बुधबार सबैभन्दा बढी सूर्यविनायक नपामा ७ महिला र ५ पुरुष गरी १२ जना नयाँ संक्रमित थपिएको जानकारी दिए।

त्यस्तै भक्तपुर नपामा ३ महिला र एक पुरुष गरी ४ जना, मध्यपुर थिमि नपामा ३ पुरुष र एक महिला गरी ४ जना तथा चाँगुनारायण नपामा एक पुरुष र २ जना महिला गरी ३ जना संक्रमित थपिएका छन्।

३ पुरुष र २ महिला गरी ५ जना संक्रमित भने सम्पर्कविहीन रहेको प्रमुख मिजारले बताए।

‘बुधबारसम्म भक्तपुरमा सक्रिय संक्रमितको संख्या ३ सय २० जना रहेका छन्’, उनले भने, ‘जसमध्ये २ सय ९६ जना होम आइसोलेनसमा र बाँकी २४ जना अस्पताल तथा नपाको आइसोलेसनमा रहेका छन्।’

उनका अनुसार ९२.५ प्रतिशत सक्रिय संक्रमित होम आइसोलेसनमा बसेका छन्।

कोरोनाको कारण एकसय २५ को मृत्यु
भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या एकसय २५ पुगेको छ। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ८१ जना पुरुष र ४४ जना महिला गरी एकसय २५ जनाको मृत्यु भएको हो।

कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको जानकारी दिए। जसमा पुरुष २९ र महिला १६ जना रहेको उनले बताए।

‘भक्तपुरपछि मध्यपुर थिमि नपाका २७ जना पुरुष र १४ जना महिला गरी ४१ जना संक्रमितको मृत्यु भएको छ’, प्रमुख मिजारले भने, ‘त्यस्तै सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ तथा चाँगुनारायण नपाका ७ पुरुष र एक महिला गरी ८ जनाको मृत्यु भएको छ।’

भक्तपुरमा कूल संक्रमितको १.३४ प्रतिशत मृत्यु भएको छ। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरका कूल संक्रमितमध्ये ९५.४९ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्। जसअनुसार ४ हजार ९ सय ७२ पुरुष र ३ हजार ८ सय ६३ महिला गरी कूल ८ हजार ८ सय ३५ जना संक्रमित डिस्चार्ज भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.