कसको आन्दोलन थाहा छैन ! छाक टार्ने आशमा दैनिक र्‍याली र प्रदर्शनमा !

कसको आन्दोलन थाहा छैन ! छाक टार्ने आशमा दैनिक र्‍याली र प्रदर्शनमा !

विराटनगर : ४५ वर्षीय केसन देवी सिरसिदेव हरेक र्या‍लीमा सहभागी हुन्छिन्। आफ्नो घरेलु समस्या समाधान गर्ने अवश्वासमा जुनसुकै दलको र्‍याली र आन्दोलनमा सहभागी हुने गरेको उनको भनाइ छ।

नेपाल–भारत सीमाक्षेत्र जोडिएको विराटनगर महानगरपालिका-१६ मुसहरी टोलकी उनी हरेक आन्दोलनमा सहभागी हुँदा उनलाई एउटा आश हुन्छ। त्यो हो खाजा खान पाइन्छ। तर, उनलाई कसको आन्दोलन र किन आन्दोलनमा सहभागी भए भन्ने जानकारी नै हुँदैन। 

घरघरमा पुगेर नेताले अब राहत आउने भनेपछि उनी  र्‍यालीमा सहभागी हुने गरेको  बताउँछिन्। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि फेरि देशभर आन्दोलन चर्किएको छ। जुनसुकै दलले आयोजना गरेको भए पनि उनी हरेक आन्दोलनमा पुगेकै हुन्छिन्। 

'खाजा र खान चामल दिने भएपछि आन्दोलनमा आएकी हुँ', उनले भनिन्। यसरी राहत दिने नाममा आन्दोलनमा जान उकास्ने नेताले आश्वासन मात्र दिएर दुःख दिएको पीडासमेत उनले सुनाइन्। 'आन्दोलनमा गए खाजा र चामल दिने बताए', उनले भनिन्, 'तर, भोलिपल्ट घरमा जाँदा नेता भेटिएनन्।' 

श्रीमान छैनन्। पँचजना सन्तानको पालनपोषण आफैँ गर्नुपर्छ। लकडाउनपछि उनले नियमित काम पाएकी छैनन्। अहिले उनको दैनिकी आन्दोलनमा सहभागी हुने भएको छ।

यसरी आन्दोलनमा जाने उनी एक्ली होइनन्। उनी जस्तै सोनीया रिसिदेवले राहत र खाद्यान्यको आशमा नै आन्दोलनमा आउने गरेको बताइन्। एक वर्षीय छोरासहित आन्दोलनमा आएकी उनले भनिन्, 'अब बच्चालाई पढ्ने र घरमा नै खाने व्यवस्था हुने भन्दै अश्वासन दिएपछि आएकी हुँ।' 

उनले पनि पनि किन आन्दोलनमा आएँ भने थाहा  नभएको बताइन् । 'खै कसको आन्दोलन हो ? किन  गरिएको हो मलाई थाहा छैन्', उनले थपिन्, 'तर, अब समस्या समाधान हुन्छ र खाना पनि पाइन्छ भनेर आएकी हुँ।' 

पछिल्लो समय जुनसुकै आन्दोलमा तराईका विपन्न वर्गको सहभागिता हुने गरेको छ। स्थानीय नेताले विभिन्न सपना देखाए उनीहरुले आन्दोलनमा सहभागिता गराउने गरेका छन्। 

दिनभरी अरुको काम गरेर बिहान बेलुका छाक टार्ने उनीहरुलाई प्रलोभन मात्र नभई आन्दोलनमा आउन आलटाल गरे धाकधम्की समेत दिने गरेको गुनासो उनीहरुले सुनाउने गरेका छन् 

एक पार्टीको आन्दोलनमा गएर अर्कोमा नगए फेरि समस्याको सिर्जना हुने त्रासले पनि उनीहरु हरेक आन्दोलनमा पुग्छन्। 

उनीहरुलाई अहिले नेपालको राजनीतिक घटनाक्रम र नेकपाको झगडा थाहा छैन। यसअघि माओवादी, एमाले, कांग्रेस र फोरमको आन्दोलनमा सहभागी भएको बताउने उनीहरुलाई कुन पार्टीको कार्यक्रम हो भन्ने कहिल्यै थाहा हुँदैन। तर, दैनिक हुने आन्दोलनमा भने उनीहरु सहभागी भएकै हुन्छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.