माइतीघर मण्डलामा ऐना देखाएर विवेकशीलको प्रदर्शन

माइतीघर मण्डलामा ऐना देखाएर विवेकशीलको प्रदर्शन

काठमाडौं : प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विवेकशील पार्टीले माइतीघर मण्डलामा ऐना देखाएर प्रदर्शन गरेको छ । 

नेताहरुको व्यक्तिवादी चिन्तन, व्यक्तिगत  र गुटगत स्वार्थ निर्देशित व्यवहारले समाजलाई गलत दिशामा लगेको भन्दै विवेकशीलले प्रदर्शन गरेको हो । 

 प्रदर्शन गर्दै प्रधानमन्त्रीको अधिनायकवादी कदमको प्रतिवाद जारी राख्ने विवेकशील पार्टीका नेता शशिबिक्रम कार्कीले बताए । 

प्रदर्शनमा सहभागीले 'Reflect गरौ !! नागरिकले/समाजले/दलले/सरकारले' 'मनन गरौ !! हाम्रो अवस्था, लक्ष्य, आवस्यकता' असंवैधानिक संसद विघटन खारेज गर, यो समय भ्याक्सिनको हो, 'कू' मतिमा नलाग्नुहोस प्रमज्यू, अमर रहोस लोकतन्त्र अन्त्य होस् लूटतन्त्र, नागरिकको साथ छ मात्र सर्वोच्चको आश छ, लगायत लेखेका प्ले कार्ड बोकेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.